© २०२३
काठमाडौं, ७ पुस ।
सोमबार सेयर बजारको परिसूचक नेप्से १३.८८ अंकले घटेर २५८१ अंक मा पुगेको छ ।
आज दिनभर बजार रातो रह्यो भने कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५१ करोडको मात्र भयो ।
जम्मा ५४ कम्पनीको मूल्य बढ्दा २०० कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रह्यो । व्यापारबाहेक सबै समूहका सूचक घटेका छन् । व्यापार सूचक ०.५७ प्रतिशत घटेको छ ।
अन्य समूहका घटबढ यस प्रकार छन्: जीवन बीमा १.०१ प्रतिशत, होटल तथा पर्यटन १.२६ प्रतिशत, बैंकिङ ०.३५ प्रतिशत, विकास बैंक ०.३७ प्रतिशत, फाइनान्स ०.१५ प्रतिशत, हाइड्रोपावर ०.६६ प्रतिशत, लगानी ०.९७ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.३२ प्रतिशत, माइक्रोफाइनान्स ०.४५ प्रतिशत, निर्जीवन बीमा ०.४५ प्रतिशत र अन्य ०.६९ प्रतिशत घटेका छन् ।
आज केही कम्पनीको मूल्य उल्लेखनीय रूपमा बढेको छ । एसवाई प्यानलको मूल्य १० प्रतिशत, सीवाईसी लघुवित्त ५.९० प्रतिशत, पियोर इनर्जी ५.८७ प्रतिशत र हिमालयन पावर पार्टनर ३.५२ प्रतिशत बढेका छन् ।
त्यसैगरी, मूल्य घट्नेमा मानुषी लघुवित्त सबैभन्दा धेरै ६.८४ प्रतिशत, लक्ष्मी लघुवित्त ५.५८ प्रतिशत, स्वस्तिक लघुवित्त ५.५१ प्रतिशत र तेह्रथुम पावर ५.२० प्रतिशत घटेका छन् ।
आज धेरै कारोबार भएका कम्पनीमा लुम्बिनी विकास बैंक, सन नेपाल लाइफ इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स, हिमालयन पावर पार्टनर र सिटिजन लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।