Butwal Today

गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते

७ पुष २०८२, सोमबार
अ+
अ-

गुल्मी, ७ पुस  ।

गुल्मीको  सदरमुकाम तम्घास स्थित बसपार्क नजिकैको एक ग्यारेजमा आगलागी हुँदा करिब  ६० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। रेसुङ्गा नगरपालिका वडा नम्बर–८ स्थित सुजता अटो वर्कसपमा सोमबार अपराह्न विद्युत् सट भई आगलागी भएको थियो ।

आगलागीबाट वर्कसप पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै वर्कसपका सञ्चालक विक्रम सुनार समेत घाइते हुनुभएको छ । घाइते सुनारको अहिले गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी गङ्गा बहादुर सारूले जानकारी दिएका छन् ।

आगलागीको सूचना प्राप्त हुनासाथ रेसुङ्गा नगरपालिकाको दमकल, नेपाल प्रहरी तथा नगर प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागी भएको स्थान नजिकै पेट्रोल पम्प तथा विद्युतीय गाडीको चार्जिङ स्टेसन समेत रहेको हुँदा ठुलो जोखिम उत्पन्न हुनबाट रोकिएको सूचना अधिकारी सारूले बताए । आगलागी भएको स्थान जिल्ला प्रहरी कार्यालय गुल्मीबाट एक मिनेटको दूरीमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?