Butwal Today

आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने 

७ पुष २०८२, सोमबार
अ+
अ-

दाङ, ७ पुस ।

नेपाल नेत्र ज्योति सङ्घ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुर गन्जको आयोजना तथा एन.ए.वि.पी नर्वेको आर्थिक सहयोगमा   पत्रकार सँग आँखा स्वास्थ्य विषयमा छलफल गरिएको छ।

नेपाल पत्रकार महासङ्घ  दाङ अध्यक्ष सन्तोष सुवेदीले आँखा उपचार सबैलाई आवश्यक रहेको बताए । विशेष गरि प्राविधिक प्रयोग गर्नेले विशेष सावधानी अपनाउन आग्रह गरे।

आँखा को बिरामीले  परीक्षण गरेर मात्र औषधीको प्रयोग गर्नुपर्ने बताए । आँखा पहिलो प्राथमिकता राखेर उपचार गर्नुपर्ने सहभागीले बताएका छन् । आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख शमसेर थापाले आँखालाई अन्य अङ्ग सरह ध्यान दिनुपर्ने बताए ।

लुम्बिनी प्रदेश लगायत छिमेकी प्रदेशमा आँखा सेवा बिस्तार गर्ने बताए । लुम्बिनी प्रदेशको आँखा स्वास्थ्य अस्पताललाई बिस्तार गर्ने र नाक, कान घाटीको उपचार गरिने बताए । इएनटी सेवालाई बिस्तार गर्ने बताए ।

दुई जना आँखा चिकित्सकलाई एम डी पढाएर आँखा विशेषज्ञ बनाउने तयारी रहेको बताए ।  राप्ती आँखा अस्पताल, छन्द कालेबाबु आँखा अस्पताल र लमही अस्पतालमा यो सेवा सुरु गरेको बताए ।

आँखा अस्पताल राप्तीका  जोसराज विश्वकर्माले तुलसीपुर आँखा अस्पतालले रुकुम पश्चिममा पनि सेवा दिइरहेको बताए । उनले लुम्बिनी प्रदेशमा २.१ प्रतिशत मानिस दृष्टिबिहिन रहेको बताए । आँखा अस्पताल स्थापना भएको  सन १९८६ साल देखि  सन २०२५ सम्म ४२ हजार  ६७ हजार  ४ सय  ७ जनालाई  ओपिडी सेवा दिइएको बताए । नेत्र सहायक उत्पादन गरेर अझ धेरै सेवा दिने उदेश्य रहेको बताए ।

आँखा  अस्पताल व्यवस्थापन समितिका अध्यक्ष  कृष्णकुमार गिरीले सबै जनाले समयमा  आँखा उपचार गर्नुपर्ने र दृष्टि दोषबाट बच्न आग्रह  गरे । नियमित आँखा  परीक्षणले स्वस्थ हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?