ट्रेंडिंग:

>> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड

७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

चन्द्रौटा(बुटवल टुडे), ७ पुस ।

लुम्बिनी प्रदेशका पूर्व मन्त्री अर्जुन कुमार केसीले गुणस्तरिय शिक्षाका लागि भौतिक संरचना महत्वपूर्ण अंग रहेको बताएका छन् । कपिलवस्तुमा सार्वजनिक शिक्षाको गुणस्तर सुधारमा स्थानीय सरकार तथा नागरिक समाजको भुमिका बहस–संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय कतिपय स्थानीय तहले लागु गरेको निःशुल्क शिक्षा प्रभावकारी रुपमा अघि बढेको बताउँदै गुणस्तरीयता नदेखिएको प्रति उनले चिन्ता व्यक्त गरे । सरकारले शिक्षामा बर्षेनि करोडौँ लागानी गरेपनि गुणस्तरमा कमजोर देखिएको केसीले तर्क गरे । स्थानीय सरकारले कर्मचारी तलब भट्टा मात्रै नभएर सर्बपक्षिय रुपमा लागानी गरी विकास हुनुपर्नेमा उनले जोडदिए ।

शिक्षालाई प्रभावकारी रुपमा अघि बढाउन स्थानीय सरकारको दायित्व रहेको जनाउँदै सार्वजनिक विद्यालयप्रति आम नागरिकको भरोसा बढाउन सरकार गम्भीर हुनुपर्ने केसीले बताए । निःशुल्क शिक्षालाई नारामा सीमित नगरी व्यवहारमा कार्यान्वयन गर्न स्थानीय सरकारलाई उनले आग्रह गरे ।

यस्तै आइतबार जिल्ला समन्वय समिति कपिलवस्तुका संयोजक बाबुराम आचार्यले निःशुल्क शिक्षा लागू हुनु सराहनीय कार्य रहेको बताए । तर अनिवायरुपमा जनप्रतिनिधि तथा सरकारी कर्मचारीहरुका बालबालिकाहरु सामुदायिक विद्यालयमा पढाउनु पर्ने आवश्यक नरहेको बताए । तर सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षा प्रदान गर्नपर्नेमा उनको भनाइ छ ।

उनले भने ः “अनिवार्य निःशल्क शिक्षाको नाममा जनप्रतिनिधि र कर्मचारीका छोराछोरीहरुको अधिकारमा हस्तक्षेप गर्न आवश्यक छ्रैन् । क्षमता भएकाले चाहे निजी विद्यालय होस, चाहे सामुदायिक एकजना कर्मचारी वा जनप्रतिनिधि उसको अधिकार मार्न पाईदैन् ।”

महाराजगञ्ज नगरपालिकाका मेयर अब्दुल कलाम, बुद्धभुमि नगरपालिकाका मेयर केशब श्रेष्ठ, शिवराज नगरापालिकाकी उप–मेयर शिवकुमारी थारु लगायले गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनीहरुका अनुसार आफ्नो अधिकार खोज्दै गर्दा अरुको अधिकार अन्न नहुनेगरी कार्य गर्नुपर्नेमा जोडदिए । निजी विद्यालयमुखी सोच अन्त्य नगरेसम्म सार्वजनिक शिक्षा सबल नहुने उनीहरुले उल्लेख गर्दै शिक्षालाई दीर्घाकालिन रुपमा गुणस्तरियता प्रदान गर्न आवश्यक रहेको बताए ।

शिवराज नगरपालिका उप–सचिव तथा शिक्षा शाखा प्रमुुख पूर्ण बहादुर विश्वकर्मा, विजयनगर गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिहर प्रसाद बेल्वासे, महाराज नगरपालिकाका शिक्षा शाखा निम्त्त प्रमुख जगत बहादुर गाहा र बुद्धभुमि नगरपालिका शिक्षा शाखा प्रमुख कृष्ण भट्टराई लगायतले गुणस्तरीय शिक्षा प्रदान गर्न स्थानीय सरकार र नागरिक समाजको भूमिकाबारे धारणा व्यक्त गरे ।

सिद्धार्थ सामाजिक विकास केन्द्रका पूर्व अध्यक्ष पोम नारायाण पौडेल, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रिय सदस्य हरि अधिकारी र एनसिईका कपिलवस्तुका संयोजक बाबुराम रायमाझी लगायतले आम नागरिकहरुको बालबालिक गुणस्तरीय शिक्षा पाउनुपर्ने भन्दै सम्बोधन गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?