Butwal Today

बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो

७ पुष २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धका नेतामाथि आक्रमण भएको छ ।

बंगलादेशी सञ्चारमाध्यमका अनुसार, राष्ट्रिय नागरिक पार्टी (एनसीपी) का नेता मोहम्मद मोतालेब शिक्दर सोमबार दिउँसो खुलना स्थित आफ्नो घरमा गोली प्रहारबाट घाइते भएका छन् ।

रिपोर्टअनुसार आक्रमणकारीहरूले मोतालेबको टाउकोमा सिधै गोली हानेको थियो, यद्यपि स्थानीयले उनलाई अस्पताल पुर्‍याउँदा उनको ज्यान बचाएको छ ।  गम्भीर घाइते मोतालेबको हाल उपचार जारी छ ।

मोतालेब सिकदर एनसीपीको खुलना डिभिजनका प्रमुख हुन् । उनीमाथि भएको आक्रमणले उक्त क्षेत्रमा आतंक फैलाएको छ ।

एनसीपी विद्यार्थीहरूद्वारा गठन भएको पार्टी हो, जसले गत वर्ष बंगलादेशमा ठूलो आन्दोलन गर्दै शेख हसिनालाई अपदस्थ गर्ने प्रयास गरेको थियो । केही दिनअघि मात्र हसिनाविरुद्धकै आन्दोलनमा सामेल विद्यार्थी नेता सरिफ उस्मान हादीको हत्या गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?