© 2026
बुटवल ।
बुटवलमा सम्पन्न दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिता २०२५ को उपाधि पुरुषतर्फ दिकेश शिखाकार र महिलातर्फ गिता पुनले जितेका छन ।
पावरलिफ्टिङ खेल र खेलाडीहरुलाई प्लेटफर्म दिने उदेश्यका साथ एक्टिभ प्लस जिम एण्ड फिटनेशको आयोजनामा बुटवल उपमहानगरपालिका, प्रदेश खेलकुद परिषद लुम्बिनीको संरक्षकत्व, नेपाल पावर लिफिङ एशोसियसन र नेपाल खेलकुद महासंघको सहकार्यमा शनिबार भएको प्रतिस्प्रर्धामा प्रतियोगितामा २३५ केजी तौल डेडलिफट गर्दै पुरुषतर्फ आईफिट नेपालका दिकेश शिखाकार र महिलातर्फ ५८ केजी तौल समुहकी विजेता गिता पुन ओभरअल च्याम्पियन बने ।
प्रतियोगितामा दिकेश शिखाकारले उपाधिसंगै नगद ५१ हजार रुपैया, ट्रफी तथा गिता पुनले ३१ हजार रुपैया, ट्रफी नगद प्राप्त गरेका छन । यसैगरि पुरुष मास्टरर्समा ज्ञानेन्द्रराज पाण्डे र पुरुष जुनियर यु–२३ मा २३५ केजी डेडलिफट गरि जिवन शाह ओभरअल विजेता भए । यसैगरि प्रतियोगिताको सहभागी पुरुष विधाका विजेताले ८ हजार रुपैया, दोस्रो हुनेले ६ हजार तथा तेस्रो हुनेले ५ हजार, रुपैयासहित मेडल प्राप्त गरेका छन ।
एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे, नेपाल शारीरिक सुगठन तथा फिटनेश संघका केन्द्रिय उपाध्यक्ष सितु प्रसाद श्रेष्ठ, रुपन्देही जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष राज कुमार श्रेष्ठ, नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारी, स्ट्रन्थलिफटीङ संघ केन्द्रिय सदस्य बिजेन्द्रमान श्रेष्ठ, खेलकुद महासंघ जिल्ला अध्यक्ष समुन्द्र श्रेष्ठ, कार्यक्रम संयोजक सञ्जिव क्षेत्रीले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।