© २०२३
काठमाडौं, ६ पुस ।
सेयर बजार फेरि २६ सय मुनि झरेको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा आज आइतबार नेप्से परिसूचक १९.९२ अंक घटेर २५९५ मा कायम भएको छ । कारोबार सुरु भएदेखि दिनभर नेप्से रातो रह्यो ।
कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५२ करोडको कारोबार भएको छ ।
४३ कम्पनीको मूल्य बढ्दा २०७ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.६३ प्रतिशतले घटेको छ । त्यस्तै जीवन बीमा १.५२, विकास बैंक १.४२, फाइनान्स १.३८ प्रतिशतले घटेका छन् ।
बैंकिङ ०.४७, जलविद्युत् ०.८६, लगानी ०.६२, उत्पादन तथा प्रशोधन ०.१०, निर्जीवन बीमा ०.८० र व्यापार १.०१ प्रतिशतले घटेका छन् ।
एउटा कम्पनी, एसवाई प्यानलको मूल्य १० प्रतिशतले बढेको छ । तेह्रथुम पावर ८.२०, मानुषी लघुवित्त ८.१४ र लक्ष्मी लघुवित्त ५.५७ प्रतिशतले मूल्य बढाएका छन् ।
सिन्धु विकास बैंक १०, नारायणी डेभलपमेन्ट बैंक ७.५५, अपर स्याङ्गे हाइड्रोपावर ७.४५ र कर्पोरेट डेभलपमेन्ट बैंक ६.६४ प्रतिशतले मूल्य घटेका छन् ।
आज धेरै कारोबार भएका कम्पनीमा स्वस्तिक लघुवित्त, बाराही हाइड्रोपावर, सन नेपाल लाइफ इन्स्योरेन्स, लुम्बिनी विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् ।