© २०२३
नेपालगञ्ज, ६ पुस ।
नेपाल पत्रकार महासंघ बाँके शाखाले आयोजना गरेको रक्तादान कार्यक्रममा ३० जनाले रगत दान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगञ्जको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई र बाँके शाखा अध्यक्ष नवीन गिरीले संयुक्तरुपमा प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रका बरिष्ठ प्राविधिक अधिकृत उपेन्द्र रेग्मीलाई रगत संकलन गर्ने ब्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए । रगत दाता सबैलाई प्रमाणपत्र पनि वितरण गरिएको सचिव कृष्ण ओलीले जानकारी दिए । रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गरेको रक्तसञ्चार केन्द्रलाई कदरपत्र प्रदान गरिएको थियो भने रक्तसञ्चार केन्द्रले पनि बाँके शाखालाई प्रशंसा-पत्र प्रदान गरेको थियो ।