Butwal Today

नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण

६ पुष २०८२, आइतबार
अ+
अ-

सुनवल, ६ पुस ।

चिसो बढ्दै गएपछि पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रामग्राम नगरपालिकाले निःशुल्क दाउरा वितरण गरेको छ ।

नगरवासीलाई चिसोबाट जोगाउन सार्वजनिक स्थानमा धुनी बाल्नका लागि दाउरा वितरण गरिएको रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले बताए ।
शुक्रवार स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले दाउरा वितरण, न्यानो कपडा वितरण लगायतका काम तत्काल सुरु गर्ने निर्णय गरेको थियो ।

सोही अनुरूप शुक्रबार बाटै चोक चोकमा दाउरा वितरण सुरु गरिएको हो ।नगरपालिकाले खरिद गरेर मानिस बढी भिडभाड मुख्य स्थलहरू र वडा तह सम्म दाउरा पु¥याउने काम भइरहेको छ ।

चिसोको समयमा गरिब विपन्न बस्तीमा हुन सक्ने समस्यालाई मध्यनजर गर्दे १८ ओटै वडाका विभिन्न स्थानमा दाउरा र आवश्यक सामाग्री वितरण गर्ने नगरपालिकाले जनाएको छ ।

पछिल्लो केही दिन देखि यस क्षेत्रमा चिसो बढेको छ, बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित भएको छ । साथै अपाङ्गता भएका र गरिब विपन्न परिवारका लागी न्यानो कपडा पनि वितरण गर्ने नगरपालिकाले जनाएको छ । चिसो बढ्दै गएपछि गरिब विपन्न परिवार समस्यामा रहेका छन् ।

जिल्लाका विभिन्न स्थानमा रहेका मुसहर बस्ती चिसोले बढी मारमा परेका छन् । केही दिन देखि राम्रो सँग घाम नलाग्ने र बाक्लो हुस्सु लाग्ने गरेका कारण चिसो बढेको छ ।

तापक्रम घट्दै गएका कारण मानिसहरूको चहलपहल पनि बिस्तारै कम हुँदै गएको छ भने अस्पतालहरूमा चिसोको कारण श्वासप्रश्वास सँग सम्बन्धित बिरामीको चाप बिस्तारै बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?