© २०२३
बुटवल, ५ पुस ।
कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा जारी कालिका कप–२०८२ को उपाधि छात्र तर्फ को उपाधि न्यूहोराइजनमाविले जितेको छ । दोस्रो स्थानमा मणिमुकुन्द मावि र तेस्रो नविन मावि भएको हो ।
छात्रा भलिवल तर्फको उपाधि भने एभरेष्ट माविले जितेको छ, भने उप विजेता न्यूहोराइजन मावि र तृत्य स्थानमा कुवरवर्ती मावि भएको हो ।
यस्तै जिल्ला स्तरीय कबड्डी प्रतियोगिता तर्फ छात्र तर्फ आयोजक संस्था कालिका मानवज्ञान मावि नै प्रथम भएको छ, भने द्धितिय नविन औद्योगीक मावि र तृत्य स्थानमा मणिमुन्द मावि र न्यूहोराइजन गौतम बुद्ध मावि भएको हो ।
यस्तै छात्रातर्फको कबड्डी प्रतियोगिता तर्फ भने न्यूहोराइजन मावि प्रथम, कालिका मानवज्ञान मावि द्धितिय र कान्ती मावि र नविन औद्योगीक माविले तृतिय स्थान प्राप्त गरेका हुन ।

भलिवल प्रतियोगिता तर्फ बेष्ट कोच न्यूहोराइजनमा प्रदिप चौधरी र एभरेष्ट स्कुलका अर्जुन घिमिरे भएका छन् । बेष्ट प्लेर अनिश थापा न्यूहोराइजन, मिना सुनार एभरेष्ट बोर्डीङ्ग स्कुल भएकी छिन् । बेस्ट ब्लकरमा मणिमुकुन्द माविका मिलन थापा र एभरेष्ट माविका ललिता बोहोरा भएकी छिन् ।
बेष्ट स्पाईकरमा प्रकाश सुनार मणिमुकुन्द र मनोरमा दंगोरिया कुवरर्ती भएकी छिन् । बेष्ट डिफेन्समा आयुश थापा न्यूहोराइजन र रुपा लम्साल एभरेष्ट स्कुल भएकी हुन । बेस्ट सर्भिसर न्यूहोराइजन का ईस्मान पुलामी र अल्नीका झेडी भएका हुन । बेष्ट सटरमा न्यूहोराइजनमा जगदशि ओझा र भारती वि भएका छन् । राईजिङ्ग प्लयर्सको रुपमा मणिमुकुन्दका प्रदिप विक र एभरेष्टकी जानकी केसी भईन ।
कबड्डी तर्फ बेष्ट राईडर अलोक हरिज कालिका मानवज्ञान मावि र क्रिष्टीना श्रेष्ठ न्यूहोराइजन मावि भएकी छिन् । बेष्ट डिभेन्सरको रुपमा आरव अन्सारी, सन्ध्या पौडेल भएका छन् । बेष्ट कोचको उपाधि भने राहुल अर्याल कालिका मानवज्ञान मावि र महेन्द्र सुनार न्यूहोराइजन मावि भएका हुन ।
भलिबल र कबड्डी प्रतियोगितामा बिजेता टिम प्रथमले नगद ३० हजार सहित नगद पुरस्कार, ट्रफी र मेडल प्राप्त गरेका छन् भने उप विजेता टिमले २० हजार नगद सहित नगद पुरस्कार, ट्रफी र मेडल र तृतिय टिमले नगद १० हजार सहित नगद पुरस्कार, ट्रफी र मेडल प्रदान गरिएको थियो । विजेता टिमलाई विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञवाली, शैक्षिक सल्लाहकार तथा विद्यालयका पुर्व प्रधानाध्यापक घनश्याम पाठक, विद्यालयका प्रधानाध्यापक दिनेश थापा लगायतले पुरस्का प्रदान गरेका थिए ।
विद्यालयको बार्षिक उत्सव अन्र्तगत पुस ६ गते आईतबार सेक्टर २ रामनगरमा पुरस्कार वितरण, सम्मान कार्यक्रम रहेको छ । भने ७ गते मुल समारोह कालिका नगर सेक्टर १ मा हुने छ ।