ट्रेंडिंग:

>> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै

५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

बुटवल, ५ पुस ।

रुपन्देहीमा रहेका गुरुङ समुदायले विविध कार्यक्रम सहित यस वर्षको तमु ल्होसार मनाउने तयारी गरेका छन् । तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीले शनिवार पत्रकार सम्मेलन गरी हरेक वर्षजस्तै यसवर्ष पनि पुस १५ मा मनाउने तमु ल्होसार मनाउने जानकारी गरएको हो । परिषदले ल्होसारका अवसरमा आयोजना गरिने विभिन्न कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ ।

परिषद्का रुपन्देही अध्यक्ष रामबहादुर गुरुङले ल्होसारको अवसरमा यही पुस १५ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको बताए । अध्यक्ष गुरुङका अनुसार पुस ११ गते जिल्लाका सबै नगर तथा इकाइहरुमा सरसफाई कार्यक्रम आयोजना हुँदैछ भने १३ गते साँझ जिल्लाभर दिपावली, १२, १३ र १५ गते महिला कबड्डी प्रतियोगिता, १४ गते खुल्ला झाम्रे प्रतियोगिता, क्यालेन्डर प्रकाशन तथा १५ गते ल्होसारको मूल समारोह आयोजना गरिएको छ । “तमु ल्होसार तमु जातीको लागि अस्तित्व जगेर्ना र मौलिक पहिचान, पुस्तान्तरण सहितको समुन्नत साँस्कृतिक सभ्यताको विकास हाम्रो अभियान“ भन्ने मूल नारासहित आयोजना गर्न गईरहेको यसवर्षको ल्होसारले सबै जात–जाति तथा समुदायमा एकता र भाइचारा स्थापित गर्न सघाउ पुर्याउने अध्यक्ष गुरुङले जानकारी दिए ।

रुपन्देहीमा रहेका विभिन्न ३५ वटा इकाइमा विभिन्न कार्यक्रम गरिनुका साथै पुस १४ गते सबै इकाइ तथा नगरको सहभागितामा साँस्कृतिक झाँकि सहितको वृहत शान्ति र्याली निकालिने र उक्त र्यालीमा उत्कृष्ट हुने झाँकीलाई १० हजार पुरस्कार प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए । खुल्ला झाम्रे प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोश्रोलाई ७ हजार, तेस्रोलाई ५ हजार तथा सान्त्वना स्थान प्राप्त गर्नेलाई ३ हजार पुरस्कार प्रदान गरिने छ । त्यस्तै मादल बजाउने, नृत्य र गायनमा समेत उत्कृष्ट हुने एकएक जनालाई जनही १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

पत्रकार सम्मेलनमा बोल्दै परिषद्का केन्द्रीय सल्लाहकार भिम गुरुङले बिगतका वर्षहरुमा गुरुङ समुदायका बीचमा मात्र आयोजना हुँदै आएको ल्होसारलाई सबै समुदाय तथा जातजातीको सामूहिक पर्वको रुपमा स्थापित गर्न यसवर्ष अन्य जातजाती तथा समुदायका व्यक्तिहरुलाई पनि अतिथिको रुपमा आमन्त्रित गरिएको बताए । सल्लाहकार गुरुङका अनुसार यसवर्ष ’सप्री ल्हो’लाई विदाई तथा त ल्होको स्वागत गर्दै ल्होसार पर्व मनाईने छ । हरेक वर्ष पुस १५ मा मनाउने ल्होसार गुरुङ समुदायको नयाँ वर्ष हो । ल्होले वर्ग अथवा वर्ष र सारले नयां भन्ने बुझाउंछ । हरेक वर्षको पुस १५ मा गुरुङको वर्ग÷वर्ष फेरिन्छ । पुस १५ लाई उनीहरुले नयां वर्ष र जातीय पर्वका रुपमा मनाउंछन् ।

परिषद्का सचिव शेरजंग तमुले ल्होसारका अवसरमा आयोजना गरिने कार्यक्रमहरुलाई भव्यरुपमा सफल बनाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?