© २०२३
कपिलवस्तु, ५ पुस ।
कपिलवस्तु प्रहरीले अवैध रूपमा भण्डारण गरि राखेको १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर १० पचेहरामा रहेको मनोज किराना पसलमा अवैध रूपमा मल भण्डारण गरेर राखेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक सुवास खतिवडाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु सहितको प्रहरीको टोलीले मल सहितका व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
१ लाख ३६ हजार ४ सय रुपैयाँ मूल्यको ६२ बोरा डिएपी र ३० हजार २ सय मूल्यको ४० बोरा युरिया गरि कुल १ लाख ६६ हजार ६ सय रुपैयाँको मल सहित सञ्चालक गोरखनाथ बनियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पछिल्लो समय अनुदानको मलमा कालोबजारी र अवैध भण्डारण बढेकोले प्रहरीले सो छापा हानेको हो ।
नियन्त्रणमा लिइएका व्यक्ति र मललाई आवश्यक कारबाहीका लागी राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए ।