Butwal Today

सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो

४ पुष २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।


सुनको भाउ आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले घटेर २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको भाउ २ लाख ६० हजार ४ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ७५ रुपैयाँले घटेर ४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च ४ हजार ८० रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?