ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका

४ पुष २०८२, शुक्रबार
४ पुष २०८२, शुक्रबार

चन्द्रौटा, ०४ पुस ।

लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने स्थानीय सरकार आफ्नो दायित्व नबुझेको बताएका छन् ।

लुम्बिनी प्रदेशमा सार्वजनिक शिक्षामा लगानी, अवस्था, चुनौती र अवसर: प्रदेश स्थानीय सरकार तथा नागरिक समाजको भूमिका बहस–संवाद कार्यक्रम सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

दाङको भालुवाङमा बुधबार भएको कार्यक्रममा बोल्दै सरकारले माध्यमिक तहसम्म निःशुल्क शिक्षाको संवैधानिक व्यवस्था रहेको उनले बताए ।

निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका भद्रगोल रहेको बताउँदै आम नागरिकको बालबालिकाहरू सम्मानजनक रूपमा शिक्षा आर्जन गर्न पाउनुपर्ने सदस्य थारुले बताए ।

भौतिक पूर्वधारलाई मात्रै विकास ठानेका कारण शिक्षाले गति लिन नसकेको उनले बताए । शिक्षामा गरिएको लगानी दीर्घकालीन विकासको आधार भएको बताउँदै आम नागरिकहरू समेत शिक्षाको पहुँचमा हुनुपर्ने थारुले उल्लेख गरे ।

स्थानीय सरकारहरूले विद्यालयको भौतिक संरचना निर्माणसँगै शिक्षकको क्षमता अभिवृद्धि, शैक्षिक गुणस्तर सुधार र विद्यार्थीमैत्री वातावरण निर्माणमा ध्यान दिनुपर्ने उनले बताए ।

“संविधानले दिएको अधिकार व्यवहारमा उतार्न प्रदेश र स्थानीय सरकारसँगै अभिभावक, शिक्षक र नागरिक समाजको साझा जिम्मेवारी छ”  थारुले भने । नागरिक समाजको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै शिक्षा क्षेत्रको निगरानी, सकारात्मक दबाब र सहकार्य बिना निःशुल्क गुणस्तरीय शिक्षा सम्भव नहुने उनले बताए ।

यसैबिच सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत बेगम केसीले सार्वजनिक विद्यालयप्रति आम नागरिकको भरोसा बढाउन सरकार गम्भीर हुनुपर्ने बताए ।

निःशुल्क शिक्षालाई नारामा सीमित नगरी व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन गर्न सबै तहका सरकारलाई उनले आग्रह गरे । यस्तै जिल्ला समन्वय समिति कपिलवस्तुका संयोजक बाबुराम आचार्यले निजी विद्यालयमुखी सोच अन्त्य नगरेसम्म सार्वजनिक शिक्षा सबल नहुने उल्लेख गरे ।

कार्यान्वयन गर्न निकायमा नरहेको बताउँदै तर शिक्षालाई प्रभावकारी रूपमा गुणस्तरीयता प्रदान गर्न समन्वयमा कन्जुसाई नगर्ने उनले बताए ।

एसएसडिसीको आयोजना र एक्सन एड सहयोगमा लुम्बिनी प्रदेशमा सार्वजनिक शिक्षामा लगानी, अवस्था, चुनौती र अवसर: प्रदेश स्थानीय सरकार तथा नागरिक समाजको भूमिका बहस–संवाद कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रालय निम्ति सचिव दिवाकर भण्डारी, शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले शिक्षा क्षेत्रलाई प्रभावकारी रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

शिवराज नगरपालिकाका उपसचिव पूर्ण बहादुर विश्वकर्माले शिक्षाको अवसर, सम्भवना र चुनौतीका विषयमा प्रशिक्षण दिएका हुन् ।

सिद्धार्थ सामाजिक विकास केन्द्रका पूर्व अध्यक्ष पोम नारायाण पौडेल, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय हरि अधिकारी, एनसिईका कपिलवस्तु जिल्ला संयोजक बाबुराम रायमाझी र दाङ्ग जिल्लाका संयोजक रूपलाल चौधरी लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?