ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल

४ पुष २०८२, शुक्रबार
४ पुष २०८२, शुक्रबार

बुटवल, ४ पुस ।

अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक स्थिरता नभएसम्म आर्थिक सूचनक राम्रो नहुने भएकाले अहिलेको संकट समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताएका छन् । उनाँले निर्वाचनको वातावरण सरकारले बनाइरहेकाले त्यसमा प्रतिवद्ध भएर आउन राजनीतिक दललाई आग्रह गरे ।

रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ उदघाटन समारोहमा बोल्दै अर्थमन्त्री खनालले निर्वाचनको अर्को विकल्प सोच्नु देशलाई दुर्घटनामा पार्नु भएको बताए ।

‘जबसम्म राजनीतिक स्थिरता हुँदैन तबसम्म आर्थिक सूचक राम्रो हुन सक्दैन, अहिलेको संकट समाधान गर्न निर्वाचन निर्धारित समयमा गर्नुको विकल्प छैन, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन गर्नुको विकल्प छैन, यो अवस्थामा निर्वाचनको विकल्प छैन । यसका लागि धेरै दलहरु र छिमेकी देशहरु सकारात्मक छन्’ उनले भने ‘अर्को विकल्प सोच्नु अर्को अनिश्चयको वातावरण बनाउनु हुनेछ, यसमा सबै दलको ध्यान जाओस ।

अर्थमन्त्री खनालले अहिले लगानीको वातावरण बन्दै गएको बताए । ‘कम मूल्यवृद्धि नेपालको इतिहासमा पहिलो पटक हो, यो आम उपभोक्तालाई राहत हो, आर्थिक गतिविधिमा बिस्तार भएको छ, मुद्रा संचिति बढेको छ, वित्तीय सत्तामा पूँजी संचिति बढेको छ तर लगानीको वातावरण भएन, सूचकको आधार हुनुपर्ने थियो । उनले भने–अन्तरिम सरकार र निजी क्षेत्रको सहकार्यमा तत्काल राहत कार्यक्रम अघि सारेर कार्यान्वयनमा लगेको छ, जेनजी आन्दोलन पछिको समयमा केही आर्थिक गतिविधि बिस्तार भएका छन ।’

उनले बुटवल पहिलेबाट औद्योगिक हव भएकाले त्यसलाई निरन्तरता दिनका लागि आग्रह गर्दै सरकारले गर्ने समन्वय अघि बढाउने बताए । पुस ३ गतेदेखि १७ गतेसम्म लाग्ने यो प्रदर्शनीमा ५ सय स्वदेशी उद्योग मात्र रहेको अध्यक्ष कृष्ण प्रसाद पराजुलीले जानकारी दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेले प्रदेश सरकारले उद्योगी व्यवसायीहरुलाई सहज हुनेगरी बजेट निर्माण गरेर कार्यान्वयनमा लगेको बताए । पूर्वमन्त्री तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले बुटवलको प्रदर्शनीले धेरैलाई नयाँ सन्देश दिने गरेको बताउँदै आगामी दिनमा पनि स्वदेशी उत्पादनहरुलाई प्राथमिकतामा दिएर अघि बढाउनुपर्ने बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र कुमार पाण्डेले उत्पादनमूलक उद्योगहरुको यस्त प्रदर्शनीले प्रवद्धन हुने बताए । नेपाल उद्योग परिसंघ लुम्बिनीका अधयक्ष एजाज आलमले औद्योगिक क्षेत्रको व्यवस्थापनका विषयमा सरकारले काम गर्न नसकेको बताए ।

बुटवलका मेयर खेलराज पाण्डेले संघीय सरकारले स्थानीय सरकारसँग विकासका योजनामा समन्वय नगरेको बताउँदै धेरै बजेट फिर्ता गएको विषयमा अर्थमन्त्रीले ध्यानु दिनुपर्ने बताए । कार्यक्रममा जिल्ला समन्वय प्रमुख उमाकान्त चपाई, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, रुपन्देही पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डेलगायतले धारणा राखेका थिए ।

त्यस्तै संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले औद्योगिक विकासका लागि सरकार निजी क्षेत्रसँग मिलेर अगाडि बढ्नुपर्ने भन्दै बुटवलको प्रदर्शनीले मुलुककै आर्थिक गतिविधि चलायमान गराउन मद्दत पुग्ने बताए ।

उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार आचार्यलाई

उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार प्रकाश आचार्य पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देही र रूपन्देही उद्योग संघद्वारा स्थापित पुरस्कार यस वर्ष आचार्यलाई प्रदान गरिएको हो । अर्थमन्त्री खनाल र संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले ४८ हजार १५५ रूपैयाँ राशीसहित सम्मानपत्र र दोसल्लाले पुरस्कृत गरे । आचार्य मेचीकाली दैनिक बुटवलको संवाददाता र लोकान्तर डटकमको लुम्बिनी प्रदेश संवाददाताको रुपमा कार्यरत छन् ।

नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा रुपन्देही उद्योग संघले वि.स. २०५७ सालमा स्थापना गरेको यो पुरस्कारबाट यसअघि २५ जना पत्रकार पुरस्कृत भइसकेका छन । यस वर्षको पुरस्कार छनोटको लागि मूल्याङ्कन समितिको संयोजकमा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष यानेन्द्र जिसी र सदस्यहरूमा अर्थविद् मनिकर कार्की रुपन्देही उद्योग संघका निर्वतमान अध्यक्ष दिलिप सापकोटा सदस्य थिए । पुरस्कार वितरण समारोहमा बोल्दै संयोजक जिसीले रुपन्देहीको आर्थिक र उद्योग क्षेत्रको विकासमा यो पुरस्कार थप प्रेरणा र हौसला मिल्ने बताए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्ले, प्रथम उपाध्यक्ष हरिबहादुर खत्री, महासचिव सुमन बस्याललगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?