© २०२३
स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ बुटवलमा १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ बिहीबारदेखि सुरु भएको छ ।
रुपन्देही उद्योग सङ्घको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका सुरु भएको प्रदर्शनी तथा महोत्सवले नेपालको अर्थतन्त्रमा टेवा पु¥याउनुका साथै औद्योगिक जागरण बढाउने विश्वास गरिएको छ । प्रदर्शनीमा विभिन्न प्रकृतिका ५ सयवटा स्टलहरू रहेका छन् ।
त्यसै गरी स्टलहरूलाई विभिन्न विधाका १० वटा पेभिलियनहरू निर्माण गरिएको छ । प्रदर्शनीमा ३९ जिल्लाबाट सहभागिता रहेकोले यसको प्रचार प्रसारले यस क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
प्रदर्शनीले बुटवलको परिचय थपेको छ भने बुटवलको आर्थिक विकासमा यसको योगदान अत्यन्त सार्थक र महत्त्वपूर्ण हुने ठानिएको छ । प्रदर्शनीको आठ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोवार हुने लक्ष्य आफैमा महत्त्वपूर्ण हो ।
प्रदर्शनीमा औद्योगिक प्रविधि, उद्योग प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, फलोरीकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायतका गरी ५ सय स्टलले प्रदर्शनीको महत्व बढाउन अझै भूमिका खेल्ने कुरामा विवाद छैन । बुटवलमा हरेक बर्ष पुस महिनामा हुँदै आएका प्रदर्शनी, मेला र महोत्सवले आफ्नै पहिचान बोकेका छन ।
खासगरि यो प्रदर्शनीले नेपालका राष्ट्रिय उद्योग र तिनको उत्पादन प्रवद्र्धनमा टेवा पु¥याउने निश्चित छ । प्रदर्शनीको अर्को मूल उद्देश्य भनेको नेपाली उद्योग र तिनको उत्पादनको प्रचार प्रसार पनि हो ।
तसर्थ यो प्रदर्शनीे यस क्षेत्रमा औद्योगिक जागरण सिर्जना गर्न महत्त्वपूर्ण सहयोग पुग्ने ठानिएको छ । त्यसका साथै बुटवल लगायत समग्र रूपन्देहीको आर्थिक गतिविधि बढाउन प्रदर्शनी तथा महोत्सव सहयोगी हुने विश्वास गरिएको छ ।
मेलाले स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्न समेत सहयोग पुग्ने अपेक्षा आयोजकले राखेका छन् । त्यसै गरी बुटवलमा आयोजना हुने यस प्रकारका प्रदर्शनी तथा महोत्सवको विशिष्ट पहिचानलाई व्यापकता दिन र यस क्षेत्रमा उद्यमशीलता विकासको माध्यमबाट नयाँ औद्योगिक लगानी र व्यवसायिक क्षेत्रहरूको खोजी गरी रोजगारीका अवसरहरू सिर्जना गर्न समेत यो प्रदर्शनीको भूमिका हुने कुरामा विवाद छैन् ।
औद्योगिक उत्पादनको प्रवद्र्धन, कृषि र पर्यटनको प्रवद्र्धन तथा व्यबसायिकरणका लागि बिशेष महत्वका साथ आयोजना गरिएको प्रदर्शनीले उत्पादन, सेवा र हस्तकलाको प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
प्रदर्शनी र महोत्सवले औद्योगिक जागरण सिर्जना गर्नेछ । प्रदर्शनीमा आठ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोवार हुने लक्ष्यले नै प्रदर्शनी तथा महोत्सवको सफलता झल्किएको छ ।
अर्कोतर्फ प्रदर्शनीमा औद्योगिक प्रविधि, नेपाली उद्योग र तिनको उत्पादन, अर्गानिक बस्तुको प्रदर्शनीले उद्योग, उत्पादन र उपभोक्तावीचको सम्वन्ध अझै नजिक ल्याउन सहयोग पुग्ने विश्वास छ ।
उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, पर्यटन संभावनाको क्षेत्र पहिल्याउने, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको समेत आयोजना गरिएकोले प्रदर्शनी तथा महोत्सव सफल हुने कुरामा शंका गरिरहनुपर्दैन ।
यो प्रदर्शनी र महोत्सवको आयोजनाले औद्योगिक जागरण सिर्जना हुने कुरामा शंका गर्नुपर्दैन । पछिल्लोसमय रुपन्देही प्रदर्शनी, मेला र महोत्सवमय वनेका छन् । यस प्रकारका महोत्सवले यस क्षेत्रको उद्योग र व्यापार विस्तार र प्रवद्र्धनमा ठूलो टेवा पुगेको छ । भैरहवा र मणिग्राममा मेला सम्पन्न भैसकेको छ । बुटवलमा सुरु भएको छ ।
देवदहमा पनि केही दिनमै सुरु हुँदैछ । सैनामैनामा पनि महोत्सवको तयारी गरिएको छ । यसरी आयोजना भैरहेका प्रदर्शनी, मेला र महोत्सवले स्वदेशी उद्योगको उत्पादन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।
मेला र महोत्सवका गतिविधिले केही आशाातीत संभावनालाई उजागर गरिरहेका छन् । यो अत्यन्त खुसीको कुरा हो ।