ट्रेंडिंग:

>> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती

पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य

४ पुष २०८२, शुक्रबार
४ पुष २०८२, शुक्रबार

चन्द्रौटा, ४ पुस ।

प्रेस काउन्सिल नेपालका केन्द्रीय अध्यक्ष डा. कुमार शर्मा आचार्यले पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसाथ गर्नुपर्ने बताएका छन् । कपिलवस्तुमा पत्रकार आचारसंहिता सम्बन्धी जागरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आफूले लेख्ने समाचार आफ्नै विषयमा आयो भने कस्तो अनुभूति हुन्छ भन्ने बुझेर विवेकपूर्ण ढंगले समाचार लेख्न सके आचारसंहिता स्वतः पालना हुने उनले बताए । पत्रकारले आचारसंहिता पालना गरे कानुनी रूपमा प्रेस काउन्सिलले सुरक्षा गर्ने डा. आचार्यले प्रतिबद्धता व्यक्त गरे ।

समाचार प्रकाशन तथा प्रसारणपछि त्यसको सम्पूर्ण जिम्मेवारी पत्रकार स्वयंको हुने उनले उल्लेख गरे । सञ्चार माध्यमले भोगिरहेको आर्थिक सङ्कट समाधानका लागि मिडिया मर्जरको अवधारणा अघि सारिएको आचार्यले बताए । यस्तै प्रेस काउन्सिल नेपालका सदस्य सन्तराम बिडारीले काउन्सिललाई थप व्यवस्थित बनाउँदै लगिएको र प्राप्त उजुरीहरूको समयमै सम्बोधन भइरहेको बताए । पत्रकारले आफ्नो मूल धर्म र कर्तव्यको पालना गर्नुपर्नेमा उनले जोड दिए ।

प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ कपिलवस्तुको संयोजनमा बिहीबार आयोजित कार्यक्रममा सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता सम्बन्धी सह–प्रशासकीय अधिकृत÷सूचना अधिकारी रामशरण बोहराले प्रशिक्षण दिएको महासंघका अध्यक्ष डिलाराम भुसालले बताए ।

पत्रकार महासंघ कपिलवस्तुका संस्थापक अध्यक्ष नारायण पौडेल, महासंघका उपाध्यक्ष खग प्रसाद चापागाई बुद्ध आवाजका लक्ष्मण बेल्बासे, बुद्ध दर्पण राष्ट्रिय दैनिककी पार्वती पाण्डे, पत्रकार शनिउल्ला धोबीलगायत वक्ताहरूले पत्रकारितालाई मर्यादित, जिम्मेवार र व्यवस्थित बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको भन्दै कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?