© २०२३
काठमाडौं ।
सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।
सशस्त्र प्रहरीको भर्ना तथा छनौट शाखाले साधारण समूह, साधारण उपसमूह, प्राविधिक समूह र स्वास्थ्यतर्फका रिक्त पदहरू खुला प्रतियोगितामार्फत पदपूर्ति गर्ने सूचना प्रकाशित गरेको हो ।
शुक्रबार प्रकाशित सूचनाअनुसार, दरखास्त फाराम पुस ११ गतेदेखि २१ गतेसम्म कार्यालय समयभित्र बुझाउन सकिनेछ । तोकिएको समयपछि दोब्बर दस्तुर बुझाई माघ १२ गतेदेखि २१ गतेसम्म पनि दरखास्त दिन सकिने व्यवस्था गरिएको छ ।
अनलाइनमार्फत दरखास्त दिने आवेदकहरू जसमध्ये सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक, प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) पदका आवेदक समावेश छन्, माघ २३ गतेभित्र आफूले रोजेको कार्यालयमा सक्कलै दरखास्त फाराम बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
