Butwal Today

हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द

४ पुष २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, ४ पुस ।

शुक्रबार प्रतिकूल मौसमका कारण आधा दर्जन विमानस्थल दिउँसोसम्म बन्द छन् ।

बुद्ध एयरका अनुसार जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा आज उडान हुन सकेको छैन । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई भैरहवा लैजाने तयारी गरेको थियो, तर भैरहवामा जहाज उड्न नसक्दा उनी चितवनको भरतपुर विमानस्थलका लागि उडाइएको छ ।

तराई भेगमा बाक्लो हुस्सुले दृश्यता नपुग्दा उडान र अवतरण प्रभावित भएको हो । यसले हजारौं यात्रु प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?