ट्रेंडिंग:

>> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने

रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला

४ पुष २०८२, शुक्रबार
४ पुष २०८२, शुक्रबार

रुपन्देही ।

रुपन्देहीको कञ्चन गाउँपालिका–३ धौलागिरी चोकमा एक १७ वर्षीय किशोरको शव नालीमा फेला परेको छ । मृतक कञ्चन–३ निवासी ईशान शर्मा पौडेल भएको पहिचान गरिएको छ । ईशान तेक्वान्दोका खेलाडीसमेत रहेका थिए ।

प्रहरीका अनुसार ईशान बुधबार साँझ करिब ८ बजेदेखि सम्पर्कविहीन थिए । खोजतलासका क्रममा घर नजिकै रहेको नालीमा उनको शव फेला परेको हो । प्रारम्भिक अनुसन्धानबाट ईशानको हत्या भएको आशंका गरिएको छ ।

स्थानीयवासीका अनुसार केही दिनअघि विद्यालय परिसरमा एउटै युवतीको विषयलाई लिएर ईशान र उनका साथीहरूबीच विवाद भएको थियो । सोही विवादकै कारण हत्या भएको हुनसक्ने आशंका गरिएको भए पनि यस विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रुपन्देही प्रहरीका सूचना अधिकारी सुरज कार्कीका अनुसार घटनास्थल आसपासको क्षेत्रमा निगरानी बढाइएको छ र विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । “दोषी पहिचान गरी छिटो पक्राउ गर्न अनुसन्धान तीव्र पारिएको छ,” उनले बताए ।

कञ्चन–३ का वडा सदस्य तथा मृतकका छिमेकी दीपक अधिकारीले केही दिनअघि विद्यालय परिसरमा ईशान र साथीहरूबीच विवाद भएको कुरा सुनिएको बताए । “उनी कुनै कुलतमा लागेको जानकारी हामीलाई थिएन । आफ्ना कुरामा अडिग रहने स्वभावका थिए,” अधिकारीले भने, “युवतीको विषयमा विवाद भएको सुनिएको छ, तर यथार्थ प्रहरी अनुसन्धानबाट खुल्नेछ ।”

अधिकारीका अनुसार घटनाको दिन ईशान साँझ जिम जान घरबाट निस्केका थिए । उनीसँगै जिमबाट बाहिर निस्केका एक जना साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हालसम्म अनुसन्धानका लागि तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

स्थानीयका अनुसार मृतकको शव घरबाट करिब १५० मिटर दूरीमा रहेको नालीमा फालिएको अवस्थामा भेटिएको थियो । टाउकोको पछिल्लो भागमा चोट देखिएको र घटनास्थलमा धेरै रगत नदेखिएकाले अन्यत्र हत्या गरी शव नालीमा फालिएको हुनसक्ने अनुमान गरिएको छ । समूह मिलेर आक्रमण गरिएको हुनसक्ने आशंकासमेत गरिएको छ ।

मृतक ईशानकी आमा गाउँमै ब्यूटी पार्लर सञ्चालन गर्दै आएकी छन् । तर, घटनाको दिन उनी घर बाहिर रहेको बताइएको छ ।

घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ । स्थानीयवासीहरूले दोषीलाई छिटो पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?