Butwal Today

एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी

३ पुष २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ।

नेकपा एमालेको जारी ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न बुधबार बिहान ९ बजेदेखि जारी  मतदान अझै (बिहीबार बिहानसम्म) सकिएको छैन।

एमालेको केन्द्रीय निर्वाचन आयोगका सचिव डा कुन्साङ लामाले अब सयजति मत खस्न बाँकी रहेको जानकारी दिए।

आज बिहीबार बिहान ५:४३ बजे उनले भने, ‘सबै जना भित्र पसिसक्नुभएको छ अब मेसिनमा सयजति मत खस्न बाँकी होला। अरू एक घण्टा लाग्ला।’

आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी एमाले महाधिवेशनमा बुधबार बिहान सवा ९ बजे मतदान सुरु भएको थियो। रातभर निरन्तर मतदान गर्दा पनि यो खबर बनाउँदासम्म जारी छ। एमाले महाधिवेशनमा कुल २२६३ मतदाता छन्।