© २०२३
काठमाडौँ ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सहकारी ठगी तथा संगठित अपराध मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
अदालतले उनलाई रिहा गर्नका लागि विदेश जान पूर्वजानकारी गराउने, बैंक ग्यारेन्टी राख्ने लगायत ५ वटा कडा सर्त अघि सारेको छ ।
बिहीबार न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले रुपन्देही जिल्ला अदालतको थुनामा पठाउने आदेशलाई बदर गर्दै लामिछानेलाई सर्तसहित धरौटीमा रिहा गर्ने निर्णय सुनाएको हो । अदालतले पीडित बचतकर्ताको रकम फिर्ताको सुनिश्चिततालाई पहिलो प्राथमिकता मान्दै लामिछानेले आफ्नो भागमा पर्ने दायित्व बराबरको बैंक जमानत स्वीकार गरेको जनाएको छ ।
