© २०२३
काठमाडौं ।
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १०.६६ अंकले घटेको छ । सोसँगै नेप्से परिसूचक २६१५ अंकमा झरेको छ । अघिल्लो दिन २६२५ अंकमा थियो ।
आज दिनभर बजार रातो रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोडको भयो । ६३ कम्पनीको मूल्य बढ्दा १९४ कम्पनीको घट्यो भने २ कम्पनीको स्थिर रह्यो ।
फाइनान्स समूह सबैभन्दा धेरै १.५५ प्रतिशतले घट्यो । होटल तथा पर्यटन समूह स्थिर रह्यो । निर्जीवन बीमा ०.२२ र व्यापार ०.४८ प्रतिशतले बढे । त्यस्तै बैंकिङ ०.२२, विकास बैंक ०.१२, हाइड्रोपावर ०.५५, लगानी ०.४१, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.१७, माइक्रोफाइनान्स ०.४९ र अन्य समूह १.१९ प्रतिशतले घटे ।
दुई कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल छन् । त्यस्तै सिन्धु विकास बैंकको ९.५६, सीवाईसी लघुवित्तको ४.८७ तथा सप्तकोशी विकास बैंकको ४.४४ प्रतिशतले मूल्य बढ्यो ।
बाराही हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.७६ प्रतिशतले घट्यो । गुहेश्वरी मर्चेन्ट फाइनान्सको ३.१३ तथा मोदी इनर्जीको ३.०२ प्रतिशतले मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा बाराही हाइड्रोपावर, राधि विद्युत्, बुटवल पावर, ङादी ग्रुप र सप्तकोशी विकास बैंक छन् ।