ट्रेंडिंग:

>> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित

‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’

३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार
नेपालको राष्ट्रिय झन्डाले विश्वमै सुन्दर, आकर्षक र ऐतिहासिक महत्वको झन्डाको पहिचान बनाएको छ ।
झन्डामा अङ्कित चन्द्र सूर्यले जबसम्म आकाशमा सूर्य र तारा रहन्छ तबसम्म नेपालको अस्तित्व रहन्छ भन्ने सन्देश र अर्थ राख्दछ । राष्ट्रिय झन्डाको प्रभावकारिता विषयमा भएको विश्व अध्ययनले पनि नेपालको राष्ट्रिय झन्डा विश्वकै आकर्षक भनेको छ । हाम्रो राष्ट्रिय झन्डा नेपालीको शान, मान र पहिचान हो ।
त्यसो त नेपाल सरकारले २०७५ पुस १ गतेदेखि राष्ट्रिय झन्डा दिवस मनाउँदै आएको छ । त्यसयताको पुस १ गतेलाई हरेक वर्ष राष्ट्रिय झन्डा दिवसको मान्यता दिइएको छ । यद्यपि सरकारी क्यालेन्डरमा दिवसको विषयमा उल्लेख गरिए पनि सरकारले औपचारिक कार्यक्रम गरि यो दिवस मनाएको पाइएको छैन ।
दिवस घोषणा गरिसकेपछि कार्यक्रम नगर्नु राष्ट्रिय झन्डाको अपमान हो । राष्ट्रिय झन्डा दिवसको औपचारिकता पूरा गर्नेसम्म काम नगर्नु चिन्ताको कुरा हो । इतिहासकै कुरा गर्दा वि.सं. २०१९ साल पुस १ गते संयुक्त राष्ट्र सङ्घमा नेपालको झन्डालाई अङ्गीकार गरिएको थियो ।
त्यसयता अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । हामी सबै नेपालीले भन्नुपर्दछ–राष्ट्रिय झन्डा हामी नेपालीको राष्ट्रिय शान हो । चन्द्र सूर्य अङ्कित राष्ट्रिय झन्डा नेपालको विशिष्ट पहिचान हो । नेपालको जस्तो राष्ट्रिय झन्डा अरू कुनै पनि देशको छैन ।
विश्वले नेपालको झन्डालाई अत्यन्त आकर्षक र प्रभावशाली मानेको छ । जबसम्म चन्द्र र सूर्य यो पृथ्वीमा रहन्छन्, तबसम्म राष्ट्रिय झन्डा रहन्छ, यो देश रहन्छ र नेपालको अस्तित्व कायमै रहन्छ भन्ने सन्देश यो राष्ट्रिय झन्डाले दिन्छ ।
तसर्थ हाम्रो राष्ट्रिय झन्डाले केवल वर्तमानमा मात्रै होइन बरु विगत र भविष्यको समेत प्रतिनिधित्व गरिरहेको छ । नेपाल एक बहु भाषी र बहु सांस्कृतिक मुलुक हो । नेपालको आफ्नो अलग्गै पहिचान र गौरव छ ।
नेपालको झन्डा विश्वकै लागि उदाहरण र गौरव हो । यसको पाँच कोण, झन्डामा चन्द्र सूर्य अङ्कित विशेषता तथा यसको रङ्गले संसारकै लागि विशेष पहिचान दिएको छ । यो दिवस अहिलेसम्म राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले मनाउँदै आएर कम्तीमा औपचारिकता भए पनि पूरा गर्दै आएको छ ।
यो दिवसले नेपालीलाई राष्ट्रिय झन्डाको महत्त्व बुझाउन सार्थक भूमिका खेल्छ । आजको युवा पुस्तालाई हाम्रो राष्ट्रिय झन्डाको विशेषताका विषयमा पनि जानकारी दिनु आवश्यक छ ।
उनीहरूले राष्ट्रिय झन्डाको महत्वलाई नेपालमा मात्रै होइन, विश्वसामु परिचय दिन सक्नुपर्दछ । नेपाल र नेपालीको अस्तित्व रहेसम्म राष्ट्रिय झन्डाको अस्तित्व रहन्छ । विडम्बना भन्नुपर्दछ– जसरी राष्ट्रिय झन्डाको गरिमा र ओज बढाउनु पर्ने हो, राष्ट्रिय झन्डाको जति सम्मान गरिनुपर्ने हो, त्यसमा कमी आएको छ । राष्ट्रिय झन्डाको अहिले दुरुपयोग भइरहेको छ भन्दा आम नेपाली जनतालाई दुःख लाग्नु स्वाभाविक छ ।
अहिलेसम्मको स्थिति हेर्दा राष्ट्रिय झन्डाको संरक्षण गर्नेतर्फ सरकार समेत अनभिज्ञ रहँदै आएको छ । यो दिवस मनाई रहँदा राष्ट्रिय झन्डाको प्रयोगका सन्दर्भमा एउटा मापदण्ड तय गर्नेतर्फ सरकारको ध्यान जाओस् ।
नेपालको राष्ट्रिय पहिचानसँग जोडिएको राष्ट्रिय झन्डाको गरिमा बढाउने, यसको दुरुपयोग हुन नदिने, झन्डा प्रयोग गर्ने विषयमा सचेत रहने विषयमा सरकारले अलग्गै मापदण्ड बनाउनु जरुरी छ । राष्ट्रिय झन्डालाई घाँटीमा बाँधेर फोटो खिच्ने, झन्डाको प्रयोग गरि शरीरमा लगाउने, कपडा बनाई प्रयोग गर्नु यसको दुरुपयोग हो ।
झन्डा नराख्नुपर्ने स्थानमा झन्डा राखेर राष्ट्रिय अस्मिताको मानमर्दन गर्ने गरिएको छ । तसर्थ अबको दिनमा राष्ट्रिय झन्डा प्रयोगको विधि बनाउनु जरुरी छ । यो गम्भीर विषयमा सरकार मात्रै होइन, आम नेपाली नागरिकले पनि चासो राख्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?