ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता

३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

बुटवल, ३ पुस ।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण बढ्दै गएको छ । बौद्ध दर्शन तथा सो सम्बन्धित विषयहरू अध्ययनका लागि विदेशी विद्यार्थीको सङ्ख्या बढ्दै गएको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयले लुम्बिनीमा बौद्ध दर्शन केन्द्रित र बुटवल तथा देव दहमा प्रायोगिक बौद्ध अन्तर्गतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तहमा विदेशी विद्यार्थीहरू भर्ना भएका छन् ।

विश्वविद्यालयमा चीन, भारत, श्रीलंका, भुटान, म्यानमार, जापान, मलेसिया, ताइवान लगायतका देशका विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । सबैभन्दा धेरै चीनका विद्यार्थीहरू रहेका छन् ।

बुद्धिजम एण्ड नेपाल स्टडिज, बुद्धिजम एण्ड पीस, बुद्धिजम एण्ड हिमालयसहितका विषयमा विदेशी विद्यार्थीको आकर्षण देखिएको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्यले विद्यावारिधिदेखि स्नातक तहसम्मै विदेशी विद्यार्थीहरू भर्ना भएको बताए । ‘विदेशी विद्यार्थीले हाम्रो विश्वविद्यालयलाई विश्वास गरेका छन्, हामी गुणस्तरीय शिक्षा प्रदानमा प्रतिबद्ध रहेका छौँ, उनले भने ।

विश्वविद्यालयमा हाल १ सय ५७ जना विदेशी विद्यार्थी अध्ययनरत रहेका छन् । नयाँ भइरहेको स्नातक र स्नातकोत्तर तहको भर्नामा पनि विदेशी विद्यार्थीहरूले आवेदन दिएका छन् । विश्वविद्यालयमा कुल ३ हजार विद्यार्थी अध्ययन गर्दै आइरहेका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको सर्टिफिकेट चीनको शिक्षा मन्त्रालयले मान्यता दिने निर्णय गरेको छ । चीनको शिक्षा मन्त्रालय अन्तर्गतको स्कलर्स आदानप्रदान सेवा केन्द्रले विद्यार्थीले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट प्राप्त गरेको उपाधिलाई मान्यता दिने भन्दै सूचिकृत गरेको छ ।

स्कुल अफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाईड साइन्सका निर्देशक डा. कुमार खड्काले चीनमा विश्वविद्यालयको उपाधिले मान्यता पाउने निर्णयले विदेशी विद्यार्थीको सङ्ख्या बढ्दै जाने बताए ।

‘चिनियाँ विद्यार्थीहरू प्रमाणपत्रले मान्यता पाउँछ कि पाउँदैन भन्नेमा चिन्तित थिए, अव त्यो समस्या समाधान भएको छ, उनले भने । विश्वविद्यालयले देव दहमा शैक्षिक गुरुयोजना कार्यान्वयन गरी १६ हजार विदेशी विद्यार्थी अध्यापन गराउने लक्ष्य राखेको छ । सो योजना कार्यान्वयनको चरणमा रहेको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयले विदेशी विद्यार्थीको सहजताका लागि छात्रावास समेत निर्माण गरिरहेको छ । सो पूर्वाधारपछि अझ धेरै विद्यार्थी बढ्ने अपेक्षा गरिएको छ । विश्वविद्यालयले सम्बन्ध विस्तारका लागि झन्डै ८० अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गरेको छ ।

सोही सहकार्य अन्तर्गत लुम्बिनी बौद्ध विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू सेमेस्टर एक्सचेन्ज अन्तर्गत चीनका केही विद्यालयमा अध्ययनका लागि पुगेका छन् । ६४ जना विद्यार्थीले एक्सचेन्ज कार्यक्रम सकेर उपाधि हात पारेका छन् ।

केही समयअघि मात्रै ४८ जना विद्यार्थीहरूले चीनका विश्वविद्यालयमा अध्ययनका लागि पूर्ण छात्रवृत्ति हासिल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?