Butwal Today

औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने

३ पुष २०८२, बिहीबार
अ+
अ-

बुटवल, ३ पुस ।

रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ आज विहीवारदेखि बुटवलमा १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ शुरु हुँदैछ ।

प्रदर्शनीको उद्घाटन अर्थमन्त्री डा.रामेश्वर खनालले गर्र्नुहुनेछ । प्रदर्शनीको उद्घाटनका लागि आवश्यक सबै तयारी पुरा भएको र दिउँसो २ः१६ वजे हुनेछ अध्यक्ष कृष्ण प्रसाद पराजुलीले जानकारी दिए ।

बुटवल मण्डपमा निमार्णाधीन अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलो पटक आयोजना हुन लागेको प्रदर्शनीमा विभिन्न प्रकृतिका ५ सय वटा स्टलहरु रहनेछन् ।