Butwal Today

सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ?

३ पुष २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, ३ पुष ।

बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँले बढेको हो । बुधबार प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन यसअघि गत सोमबार हालसम्मकै उच्च स्तरमा पुग्दै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँको रेकर्ड बनाएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज नयाँ उचाइमा पुगेको छ । प्रतितोला २५ रुपैयाँले बढेसँगै चाँदीको मूल्य ४ हजार ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदीले पछिल्ला दुई दिनदेखि लगातार नयाँ उच्च मूल्य रेकर्ड कायम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?