Butwal Today

महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ

३ पुष २०८२, बिहीबार
अ+
अ-

 काठमाडौँ ।

नेकपा एमालेका नव निर्वाचित महासचिव शंकर पोखरेलले पार्टीमा सबैसँग मिलेर काम गर्ने बताएका छन् । आफू महासचिवमा विजयी भएको जानकारी पाएपछि भृकुटीमण्डपस्थित मतगणना स्थलमा पुगेका पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पोखरेल दोस्रो कार्यकालका लागि एमाले महासचिवमा विजयी भएका हुन् ।

निर्वाचन परिणामअनुसार पोखरेलले १,२२८ मत प्राप्त गरे भने महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर २२९ मत रहेको छ ।