ट्रेंडिंग:

>> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी

३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार
दाङ, ३ पुस ।
दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय बेड संचालन गरिने भएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले प्रतिष्ठानमा अहिले ३ सय २६ शैया संचालन भएको र आगामी वर्षदेखि चार सय शैया संचालन गरिने बताए  ।
प्रतिष्ठानसंगको सहकार्यमा नेपाल पत्रकार महासंघ दाङ शाखाले बिहिबार घोराहीमा आयोजना गरेको कार्यशालामा रजिष्ट्रार लम्सालले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको वर्तमान अवस्था र चुनौतिको बारेमा प्रष्ट पारे ।
उनले करिब २५ लाख जनसंख्यालाई स्वास्थ्य सेवा प्रदान गर्ने गरी प्रतिष्ठान स्थापना गरिएको बताए  । उनले प्रतिष्ठानलाई अब चार सय शैया संचालनका लागि सबै मापदण्ड पूरा गरेको तर स्रोत सुनिश्चितता नहुँदा संचालन हुन नसकेको पनि बताए ।
यसैगरी प्रतिष्ठानले माघ १ गतेदेखि मुटुको उपचार सेवा प्रदान गर्ने पनि उनले बताए  । यस्तै रोल्पाको होलेरी प्राथमिक स्वास्थ्य केन्द्र, दाङको बंगलाचुली अस्पताल, स्युजा स्वास्थ्य केन्द्रमा चिकित्सक खटाउन अध्ययन गरिदै गरेको बताए  ।
यस्तै लमहीको ट्रमा सेन्टर चलाउन प्रदेश सरकारलाई प्रस्ताव गरिएको, बिमाको लागि छुट्टै काउन्टर संचालन गरिएको तर भुक्तानीमा समस्या रहेको, प्रतिष्ठानले अतिक्रमित संरचना हटाउने, जेनजी आन्दोलनपछि मनोसामाजिक परामर्श कार्यक्रम संचालन गरेको बताए ।
यस्तै टाढाको बिरामीलाई सहजताका लागि घरमै बसेर टिकट लिन सकिने व्यवस्था गरिन लागेको पनि रजिष्ट्रार लम्सालले बताए । बिरामीले  रिपोर्ट पनि घरमै प्राप्त गर्न सकिने र रोल्पा, रूकुमपूर्व, रूकुम पश्चिममा सेवा विस्तार गर्न संभाव्यता अध्ययन गरिन लागेको बताए ।
कार्यक्रममा सह-प्राध्यापक तथा सह- निर्देशक डा.सुरेश रसाइलीले चिकित्सकका लागि आचारसंहिताका बारेमा जानकारी गराएका थिए ।  कम्युनिटि मेडिसिनका डा. सुलभ रेग्मीले जनस्वास्थ्य र  फिजिसियन डा.अजय गौतमले सिकलसेल एनिमियाको बारेमा जानकारी गराएका थिए  ।  स्वास्थ्य विज्ञान प्रतिस्ठानमा सिकलसेलको निशुल्क परिक्षण सुरु भएको बताए ।
नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष तथा सिनेट सभा सदस्य सुदीप गौतमले स्वास्थ्य पत्रकारिताका बिषयमा जानकारी गराएका थिए ।   अध्यक्ष सन्तोष सुवेदी,उपाध्यक्ष ओपेन्द्र बस्नेत , सचिव जे एन सागर लगायत धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?