ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस

२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

नेपालगञ्ज, २ पुस ।

जेन जी आन्दोलनले महिला जनप्रतिनिधिहरूको सोच, कार्यशैली र निर्णय प्रक्रियामा पारेको प्रभावबारे नेपालगन्जमा गहन र अर्थपूर्ण बहस भएको छ । सञ्चारिका समूहको आयोजनामा बुधवार आयोजित प्यानल डिस्कसन कार्यक्रममा बाँकेका स्थानीय तहका महिला जनप्रतिनिधि, प्रदेश सभा सदस्य, पूर्व मन्त्री, राजनीतिक विश्लेषक तथा जेनजी युवाहरू सहभागी भई अनुभव र दृष्टिकोण साटासाट गरेका थिए ।

“जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिहरूको मनोविज्ञान” विषयमा केन्द्रित छलफलमा वक्ताहरूले युवा पुस्ताको बढ्दो सचेतना, सामाजिक सञ्जालमार्फत उठ्ने प्रश्न र दबाबले महिला नेतृत्वलाई अझ उत्तरदायी, पारदर्शी र संवेदनशील बनाउँदै लगेको धारणा व्यक्त गरे । युवाको आवाजले नेतृत्वलाई आत्ममूल्यांकनतर्फ उन्मुख गराएको उनीहरूको भनाइ थियो ।

कार्यक्रममा कोहलपुर नगरपालिकाकी उप–प्रमुख सङ्गीता सुवेदीले जेन्जी आन्दोलनले जनप्रतिनिधिहरूलाई जनतासँग प्रत्यक्ष संवादमा उभिन बाध्य बनाएको बताइन् । “आजका युवाले तत्काल जवाफ र स्पष्टता खोज्छन्, त्यसैले नेतृत्वको सोच र व्यवहारमा परिवर्तन आउनु स्वाभाविक हो,” उनले भनिन् ।

कोहलपुर नगरपालिका–११ की वडाध्यक्ष कल्पना शर्माले महिला जनप्रतिनिधिहरू आलोचनालाई सकारात्मक रूपमा ग्रहण गर्न सिक्दै गएको उल्लेख गरिन् । उनका अनुसार जेन्जी आन्दोलनले नेतृत्वभित्र आत्ममूल्यांकन र सुधारको संस्कार विकास गरेको छ ।

पूर्व स्वास्थ्य राज्यमन्त्री हसिना खानले जेनजी आन्दोलनले महिला नेतृहरूलाई मानसिक रूपमा थप सशक्त बनाएको बताउँदै बदलिँदो सामाजिक परिवेशसँगै नेतृत्वले आफ्ना कार्यशैली परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याइन् । “समयसँगै नबदलिने नेतृत्व पछाडि पर्छ,” उनको भनाइ थियो ।

प्रदेश सभा सदस्य सुशिला बादीले युवाको सक्रिय सहभागिताले नीति निर्माणमा नयाँ दृष्टिकोण थपिएको उल्लेख गर्दै महिला नेतृत्वले युवासँग सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखिन् । राजनीतिक विश्लेषक अर्जुन पोखरेलले जेन्जी आन्दोलनलाई असन्तोषको अभिव्यक्ति मात्र नभई लोकतन्त्रलाई अझ मजबुत बनाउने चेतनाको संकेतका रूपमा लिनुपर्ने बताए ।

कार्यक्रमकी गेस्ट स्पिकर तथा जेनजी अभियन्ता प्रतिक्षा बस्नेतले युवाहरूको आन्दोलन सत्ता विरोधी मात्र नभई सुशासन, पारदर्शिता र जवाफदेहिताको माग भएको स्पष्ट पारिन् । उनले महिला नेतृत्वले युवाको आवाजलाई चुनौती होइन, अवसरका रूपमा बुझ्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रमको सहजीकरण कान्तिपुरकी पत्रकार रुपा गहतराजले गरेकी थिइन् । अन्तरक्रियाले महिला नेतृत्व र युवा पुस्ताबिचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै समावेशी, उत्तरदायी र संवादमुखी राजनीतिक अभ्यासतर्फ बहस अघि बढाएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?