© २०२३
काठमाडौँ । नेकपा (एमाले) को ११ औँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा अहिलेसम्म मतदान जारी छ । राजधानीको भृकुटीमण्डपमा भइरहेको मतदान प्रक्रियामा सहभागी प्रतिनिधिहरूलाई टोकन लिएर राति ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न निर्वाचन आयोगले आग्रह गरेको छ ।
‘अहिले टोकन बाँडिरहेका छौँ । गेट बाहिर रहनुभएका प्रतिनिधिहरूले टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टरमा पुग्नुपर्ने सूचना जारी गरेका छौँ,’ आयोगका सचिव कुन्साङ लामाले बताए । उनले थपे कि त्यसपछि मतदानस्थलमा प्रवेश गर्न नपाइने जानकारी पनि दिइएको छ ।
एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा कुल २२६३ जना मतदाता सहभागी छन् । अहिलेसम्म ७ सय मत खसिसकेको छ ।