Butwal Today

एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट)

२ पुष २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत भइरहेको निर्वाचनमा हालसम्म ४१५ मत खसेका छन् ।  राजधानीको भृकुटीमण्डपमा जारी मतदान बिहानको तुलनामा सुस्त गतिमा भइरहेको एमाले नेता सानुराज पोखरेलले जानकारी दिए ।

नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा कुल २,२६३ जना मतदाता रहेका छन् । मतदान भित्र जारी रहँदा बाहिर भने नेता तथा कार्यकर्ताहरूले आ–आफ्नो पक्षमा मत माग्दै प्रचार–प्रसार गरिरहेका छन् ।