ट्रेंडिंग:

>> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य

उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा 

२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

 दाङ,२ पुस ।

उपेक्षित उष्णप्रदेशीय रोग सम्बन्धी दाङमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरिएको छ । उपेक्षित  उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेको सकेको छैन ।
स्वास्थ्य कार्यालय दाङको  आयोजना तथा फेयरमेड फाउन्डेसन नेपाल र नेपाल सामुदायिक सेवा केन्द्रको साझेदारीमा सञ्चालित प्रेरणा परियोजना अन्तरगतको अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो ।

सरकारले उपेक्षित रोगलाई प्राथमिकतामा राख्न नसक्दा बेला बेलामा जनस्वास्थ्यको समस्याका रूपमा देखा पर्ने गरेको जनस्वास्थ्य कार्यालय दाङका प्रमुख ठग बहादुर गुरुङले बताए   ।

जलवायु परिवर्तन र सरकारले बेवास्ता गरेकै कारण नेपालमा उन्मूलन भइसकेको भनिएको  हात्तीपाइले,कालाजार, औलोलगायत  रोगहरूले  जनस्वास्थ्यका समस्याका रूपमा देखिने गरेको बताए ।

स्वास्थ्य निर्देशनालयका स्वास्थ्य प्रशासक अच्युत शर्मा न्यौपानेले लुम्बिनी प्रदेशमा उपेक्षित उष्णप्रदेशीय रोगको वर्तमान अवस्था प्रस्तुत गर्दै आगामी दिनमा गर्नुपर्ने प्राथमिकता, चुनौती र सुधारका क्षेत्रबारे जानकारी गराएका थिए ।

समयमै रोग पहिचान, जनचेतना र उपचारमा पहुँचलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड्दिए ।  यसको उपचार लुम्बिनी प्रदेशको प्रादेशिक अस्पताल बुटवल , राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र  राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको बताए ।

यी रोगहरू गरिब तथा सीमान्तकृत समुदायमा बढी देखिने भएकाले लक्षित कार्यक्रम आवश्यक रहेको बताए  । उनले सङ्घीय सरकारले विनियोजन गरेको बजेटबाट मात्र  कार्यक्रम भइरहेकाले प्रदेश र स्थानीय सरकारले पनि त्यसलाई ध्यान दिनु पर्ने बताए  ।

नेपाल सामुदायिक सेवा केन्द्रका संस्थापक  अध्यक्ष विमला योगीले  उपेक्षित उष्णप्रदेशीय रोग नियन्त्रणमा संस्थाले गर्दै आएका गतिविधिबारे जानकारी गराइन ।  यी रोग नियन्त्रण गर्नकालागी  सरकारी तथा गैरसरकारी निकाय, सञ्चारकर्मी र समुदायबिच सहकार्य आवश्यक रहेको बताइन ।

त्यसै गरी प्रेरणाका परियोजनाका  परियोजना संयोजक  विवेक केसीले परियोजनाअन्तर्गत हालसम्म गरिएका गतिविधि, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराउँदै सञ्चार माध्यमको भूमिका निर्णायक हुने उल्लेख गरे ।

नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष  सन्तोष सुबेदीले सूचना आदान–प्रदान प्रभावकारी भएमा जनचेतना अभिवृद्धि हुने उल्लेख गर्दै, स्वास्थ्य क्षेत्रका कार्यक्रमहरूलाई सफल बनाउन सञ्चारकर्मीहरू सहकार्यका लागि सधैँ तयार रहेको बताए ।

कार्यक्रममा जन स्वास्थ्य कार्यालय दाङका क्षरीरोग तथा कुष्ट रोग फोकल पर्सन गजेन्द्र यादव जन स्वास्थ्य कार्यालय दाङका मलेरिया इन्स्पेक्टर कमल चन्द लगायतले धारणा राखेका थिए ।

उपेक्षित  कस्तो रोग हो ?

उपेक्षित रोग भन्नाले सामान्यतः सबै तहबाट बेवास्ता गरिएका रोग भनेर बुझिन्छ । उपेक्षित रोग गर्मी देशमा देखिने गर्छ । विश्व स्वास्थ्य सङ्गठनले २१ प्रकारका रोगलाई उपेक्षित रोगको सूचीमा सूचीकृत गरेको छ ।

यी रोगहरूले विश्वव्यापी रूपमा एक अर्बभन्दा बढी मानिसलाई असर पर्ने तथ्याङ्कमा उल्लेख छ । सरुवा रोग विशेषज्ञका अनुसार यी रोगहरू विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवी, ढुसी र विषाक्त पदार्थका कारणले लाग्ने गर्छन् ।

सरसफाइको कमी र रोगबाहेक सङ्क्रामक कीटहरू, घरपालुवा जनावरहरू र पशुहरूसँग नजिकको सम्पर्कमा रहने व्यक्ति, प्रायः जसो गरिबीको रेखामुनि रहेका मानिस बढी जोखिममा रहने चिकित्सक बताउँछन् ।

नेपालमा पाइने ११ वटा उपेक्षित रोगमा डेंगु र चिकेन गुनिया, रेबिज, कालाजार , हात्तीपाइले, कुष्ठरोग, ट्रकोमा, माटोबाट सर्ने जुका, सर्पदंश, लुतो अन्य इक्टोपारासाइट, हात्तीपाइले, फित्ते जुका र न्युरोस्टाइसर्कोसिस, माइसेटोमा, क्रोमोब्लास्टोमाइकोसिस र अन्य डीप माइक्रोसेस पर्छन् ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?