ट्रेंडिंग:

>> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश

समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि

२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

जितपुर, कपिलवस्तु

१६औं कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२ को प्रमुख आकर्षणका रूपमा रहेको १४औं कपिलवस्तु डान्स आइडलको उपाधि समृद्धि पन्तले जितेकी छिन्।बाणगंगा नगरपालिका–४ स्थित बुद्ध रंगशालामा सञ्चालन भएको फाइनल चरणको प्रतिस्पर्धामा समृद्धिले उत्कृष्ट नृत्य प्रस्तुति दिँदै फाइनलमा प्रवेश गरेका अन्य तीन प्रतिस्पर्धीलाई पछि पारेर उपाधि हात पार्न सफल भएकी हुन्। उपाधिसँगै उनले चाँदीको टोपीसहित नगद रु. १ लाख ३१ हजार १ सय ३१ रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेकी छिन्।

प्रतियोगितामा खुशी थारुले द्वितीय स्थान हासिल गर्दै रु. ८१ हजार १८१, अप्रिता पोख्रेलले तृतीय स्थान प्राप्त गरी रु. ६१ हजार १६१ र गिताञ्जली मगरले सान्त्वना स्थान हासिल गर्दै रु. ३१ हजार १३१ नगद पुरस्कार प्राप्त गरेका छन्। उनीहरू सबैले नगद पुरस्कारसँगै ट्रफी, मेडल, प्रमाणपत्र तथा आकर्षक गिफ्ट पनि प्राप्त गरेका छन्।

आयोजकका अनुसार, फाइनलमा पुगेका यी चारै जना प्रतिस्पर्धीले राष्ट्रिय स्तरको म्युजिक भिडियोमा अभिनय गर्ने अवसर समेत प्राप्त गर्नेछन्, जसले उनीहरूको नृत्य यात्रालाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

डान्स आइडल प्रतियोगितामा प्रारम्भिक चरणबाट छनोट हुँदै १५ जना प्रतियोगीहरू अन्तिम चरणसम्म स्टेजमा उत्रिएका थिए। विभिन्न चरणमा निर्णायकहरूको मूल्याङ्कन, दर्शकको उत्साहजनक उपस्थिति र प्रतिस्पर्धीहरूको उत्कृष्ट प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाएको थियो।

स्थानीय कला, संस्कृति र प्रतिभाको पहिचान तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कपिलवस्तु डान्स आइडलले युवाहरूमा नृत्यप्रतिको रुचि बढाउनुका साथै राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्दै आएको आयोजकले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?