Butwal Today

गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती

२ पुष २०८२, बुधबार
अ+
अ-

 बुटवल, २ पुस ।

नेपाल सरकारले उपहार स्वरुप दिएका दुई हात्ती आज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका लागि उडेका छन् ।

कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाजमार्फत बुधबार दिउँसो ५ बजेपछि खगेन्द्रप्रसाद र रुद्रकली नामका दुई हात्ती विमानस्थलबाट छुटेका हुन् ।

दुई हात्ती मंगलबार नै चितवनबाट भैरहवा ल्याइएको थियो । आज बिहान जहाज भारतको कोलकाता डाइभर्ट भएको थियो ।

भैरहवाबाट उडान भरेको ४ घण्टामा कतार पुग्ने विमानस्थलका निमित्त प्रमुख श्यामकिशोर साहले बताए । आज बिहान मौसम खराब भएका कारण जहाज कोलकाता डाइभर्ट भएको थियो ।