© २०२३
बुटवल, २ पुस ।
नेपाल सरकारले उपहार स्वरुप दिएका दुई हात्ती आज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका लागि उडेका छन् ।
कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाजमार्फत बुधबार दिउँसो ५ बजेपछि खगेन्द्रप्रसाद र रुद्रकली नामका दुई हात्ती विमानस्थलबाट छुटेका हुन् ।
दुई हात्ती मंगलबार नै चितवनबाट भैरहवा ल्याइएको थियो । आज बिहान जहाज भारतको कोलकाता डाइभर्ट भएको थियो ।
भैरहवाबाट उडान भरेको ४ घण्टामा कतार पुग्ने विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले बताए । आज बिहान मौसम खराब भएका कारण जहाज कोलकाता डाइभर्ट भएको थियो ।