Butwal Today

उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो

२ पुष २०८२, बुधबार
अ+
अ-

बुटवल, ०२ पुस ।

नेपाल सरकारले उपहारस्वरुप प्रदान गर्न लागेको दुई वटा हात्ती खगेन्द्रप्रसाद र रुद्रकली लिन कतार एयरवेजको कार्गो जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाज खगेन्द्रप्रसाद र रुद्रकली लिन भैरहवा आइपुगेको हो । खगेन्द्रप्रसाद र रुद्रकलीलाई मंगलबार नै चितवनबाट भैरहवा पुर्‍याइएको छ ।

यसअघि आज बिहान भैरहवामा अवतरण गर्न नसकेपछि जहाज भारतको कोलकाता डाइभर्ट भएको थियो । अहिले कोलकाताबाट जहाज भैरहवा आएको हो । जहाज भैरहवाबाट उडान भरेको ४ घण्टाभित्र कतार पुग्नेछ ।