ट्रेंडिंग:

>> एमाले निर्वाचन : ४१५ मत खसे (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार

१६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन

२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

जितपुर, २ पुस ।

वाणगंगा नगरपालिका–४ स्थित बुद्धरंगशालामा वाणगंगा वेलफेयर सोसाइटीद्वारा आयोजित १६औँ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२ को समापन पुर्वमन्त्री शुरेन्द्रराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । मंसिर १८ गतेदेखि सुरु भएको उक्त महोत्सव विविध सांस्कृतिक, कृषि तथा औद्योगिक गतिविधिका साथ सफलतापूर्वक सम्पन्न भएको  छ ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुर्वमन्त्री आचार्यले एउटै नगरपालिकामा बारम्बार एबम २ वटा महोत्सव आयोजना गर्दा बाहिर नकारात्मक सन्देश जान सक्ने उल्लेख गर्दै आगामी दिनमा नगरपालिकासँग समन्वय र सहमतिका आधारमा महोत्सव आयोजना गर्न आवश्यक रहेको बताएका थिए । उनले जितपुरमा आयोजना हुने कपिलवस्तु महोत्सव मुलुकमै चर्चित बन्दै गएको उल्लेख गर्दै यसले जिल्लाको पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको धारणा राखेका थिए ।

वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले महोत्सव अत्यन्त सफल भएको बताउँदै लाखौँ दर्शकले अवलोकन गरेको जानकारी दिए । उनले स्थानीय किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको प्रदर्शनी र बजारीकरणमा महोत्सवले सहयोग पु¥याएको भन्दै नगरपालिकाले यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तर सहयोग गर्दै आएको स्पष्ट पारेका थिए ।

कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेशबहादुर क्षेत्री, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा समाजसेवीहरूले महोत्सव सफलतापूर्वक सम्पन्न भएकोमा आयोजकलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।समापन समारोहमा महोत्सवका प्रायोजक संघ–संस्थाहरूलाई मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । महोत्सवले कपिलवस्तु जिल्लाको कृषि, पर्यटन र औद्योगिक सम्भावना उजागर गर्नुका साथै स्थानीय उत्पादन, कला, संस्कृति र पहिचानको प्रवर्द्धन गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार महोत्सवमा तीन सयभन्दा बढी स्टल रहेका थिए भने एक लाख ५० हजारभन्दा बढी दर्शकले अवलोकन गरेको अपेक्षा गरिएको थियो । महोत्सव स्थलमा जानकी मन्दिरको झल्को दिने भव्य प्रवेशद्वार निर्माण गरिएको थियो भने स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरूको आकर्षक सांगीतिक तथा सांस्कृतिक प्रस्तुतीले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो ।

कार्यक्रमका अध्यक्ष तथा वाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाणले महोत्सव सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघ–संस्था, प्रायोजक, कलाकार, सुरक्षाकर्मी,पत्रकार , स्वयंसेवक तथा दर्शकप्रति धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका संस्थापक विष्णु थापाले  मन्तव्य राखेका थिए भने महासचिव तथा महोत्सव निर्देशक दिनेश क्षेत्रीले कार्यक्रमको सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?