© २०२३
काठमाडौँ ।
नेकपा एमालेको ११ औँ महाधिवेशनमा भोलि बिहान ८ बजेदेखि मात्रै मतदान हुने भएको छ।
अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलबीच छलफल भएपछि बेलुका गर्ने भनिएको मतदान सरेको महासचिव शंकर पोखरेलले महाधिवेशन प्रतिनिधिलाई जानकारी गराएका हुन्।
आज बिहानदेखि सुरु हुने भनिएको मतदान पटक-पटक सारिएको थियो।
मतदानमा विद्युतीय मेसिन प्रयोग गरिने छ। एमालेको २ हजार २ सय ६३ प्रतिनिधि रहेका छन्।
प्राविधिकहरुले एकजना प्रतिनिधिलाई मतदान गर्न करिब ३० मिनेट लाग्ने बताएका छन्।