Butwal Today

एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि

१ पुष २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

नेकपा एमालेको ११ औँ महाधिवेशनमा भोलि बिहान ८ बजेदेखि मात्रै मतदान हुने भएको छ।

अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलबीच छलफल भएपछि बेलुका गर्ने भनिएको मतदान सरेको महासचिव शंकर पोखरेलले महाधिवेशन प्रतिनिधिलाई जानकारी गराएका हुन्।

आज बिहानदेखि सुरु हुने भनिएको मतदान पटक-पटक सारिएको थियो।

मतदानमा विद्युतीय मेसिन प्रयोग गरिने छ। एमालेको २ हजार २ सय ६३ प्रतिनिधि रहेका छन्।

प्राविधिकहरुले एकजना प्रतिनिधिलाई मतदान गर्न करिब ३० मिनेट लाग्ने बताएका छन्।