© 2026
काठमाडौं, १ पुस ।
काठमाडौंमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान अझै सुरु हुन सकेको छैन । कन्द्रीय निर्वाचन आयोगले मंगलबार मध्याह्न १२ बजेदेखि मतदान सुरु गर्ने निर्णय गरेको थियो ।
तर समय सरेर साँझ ४ बजेदेखि मतदान हुने भनिएको भए पनि अहिलेसम्म मतदान सुरु हुने निश्चितता देखिएको छैन ।
प्राविधिक लक्ष्मण रिमालका अनुसार, “नाम तलमाथि परेको भएकाले मिलाउनु पर्यो । हरेक उम्मेदवारको फोटोको कोडिङ गर्नुपर्छ । बिहान १० बजेसम्म कोडिङ गर्यौं । फेरि तलमाथि परेको सच्याउन नयाँ कोडिङ गर्नुपर्छ । बुथ तयार छ । रातिको ८ बजेदेखि मात्र मतदान सुरु हुन सक्छ ।”
अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । दुवै उम्मेदवार आफ्नो प्यानलसहित प्रतिस्पर्धामा छन् ।