ट्रेंडिंग:

>> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की

एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने

१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

काठमाडौँ ।

नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि मतदान सुरु हुने भएको छ । महाधिवेशनको बन्दसत्र हल भृकुटीमण्डपमा विद्युतीय भोटिङ मेशिनमार्फत मतदान गरिनेछ । मतदानका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा भएको छ ।

यसअघि दिउँसो १ बजेदेखि मतदान सुरु हुने भनिए पनि प्राविधिक कारणले कार्यतालिका सरेको भोटिङ मेशिनका प्राविधिक नवराज पाण्डेले जानकारी दिए ।

पार्टीको ११औँ महाधिवेशनमा देशभरबाट २ हजार २६३ जना प्रतिनिधि सहभागी भएका छन् । महाधिवेशनमार्फत १९ जना पदाधिकारी, ३०१ जना केन्द्रीय सदस्य तथा केन्द्रीय निकायका पदाधिकारीसहित कुल ३५१ जनाको नयाँ नेतृत्व चयन गरिँदैछ ।

चुनावी प्रतिस्पर्धामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफ्नो प्यानल बनाएर प्रतिस्पर्धा गरेका छन् । दुवै पक्षबाट गरी करिब ७ सयभन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् ।

प्राविधिक पाण्डेका अनुसार मतदानस्थलमा ८० वटा भोटिङ मेशिन राखिएका छन् । एक जना प्रतिनिधिले मतदान गर्न औसतमा ३५ देखि ४० मिनेट समय लाग्ने उनले बताए ।

उनका अनुसार साक्षर प्रतिनिधिले उम्मेदवार चिन्न सजिलो भएकाले छिटो मतदान गर्न सक्छन् । तर उम्मेदवार नचिनेका वा साक्षरता कमजोर भएका प्रतिनिधिलाई बढी समय लाग्ने अनुभव छ । पढेका र उम्मेदवारलाई राम्ररी चिनेका प्रतिनिधिले २० मिनेटमै मतदान सक्न सक्छन् भने ढिला गर्नेले ४० देखि ४५ मिनेटसम्म समय लिने गरेका छन् ।

मतदानमा समय लाग्नुको मुख्य कारण उम्मेदवारको संख्या धेरै हुनु र सबै उम्मेदवारको नाम पढ्नुपर्ने भएको पाण्डेले बताए । भोटिङ मेशिनमा उम्मेदवारको फोटो देखिए पनि प्यानल छुट्टै नआउने भएकाले मतदान प्रक्रिया लामो हुने उनको भनाइ छ ।

८० वटा मेशिनमा एकै पटक मतदान गर्दा करिब ४० मिनेटमा ८० जनाले मतदान गर्न सक्ने भएकाले सम्पूर्ण मतदान प्रक्रिया सकिन कम्तीमा १८ घण्टा लाग्ने अनुमान गरिएको छ । विभिन्न कारणले मतदान बीचमा रोकिन सक्ने भएकाले २० देखि २४ घण्टाभित्र मतदान सम्पन्न हुने उनले बताए ।

मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ । भोटिङ मेशिनले तत्कालै परिणाम दिने भए पनि सबै मेशिनबीच नेटवर्किङ नभएकाले प्रत्येक मेशिनको मत छुट्टाछुट्टै सङ्कलन गर्नुपर्ने हुन्छ । सबै मेशिनको मत जोडेर अन्तिम परिणाम सार्वजनिक गर्न डेढदेखि तीन घण्टासम्म लाग्ने पाण्डेले जानकारी दिए ।

उनका अनुसार नेतृत्वबाट कुनै अवरोध नआए आज रातभरमै मतदान सकिने र भोलि दिउँसोसम्म अन्तिम परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?