© २०२३
काठमाडौँ ।
लामो समयपछि सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ ।
साताको तेस्रो दिन मंगलबार बजार परिसूचक १८.३७ अंकले वृद्धि भएको हो । यसअघि मंसिर १२ गते सेयर बजार दोहोरो अंकले बढेको थियो । आजको वृद्धिसँगै परिसूचक २६१९.९९ अंकमा पुगेको छ । बजारमा आज ३ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज बजारमा २५९ कम्पनीको सेयर कारोबार भएकोमा १८७ कम्पनीको मूल्य बढेको छ । ६१ कम्पनीको मूल्य घट्दा ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बजारमा समूहगत परिसूचकमध्ये ट्रेडिङ क्षेत्र बाहेक सबै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै वृद्धि विकास बैंकको १.५६ प्रतिशत, होटेल तथा टुरिजमको १.४९ प्रतिशत र अन्य समूहको १.१५ प्रतिशतले भएको छ । बाँकी समूहका सूचक भने १ प्रतिशतभन्दा कमले मात्र बढेका छन् ।
आज बजारमा स्वस्तिक लघुवित्त, नारायणी विकास बैंक र एसवाई प्यानलको शेयरमा सकारात्मक सर्किट लागेको छ भने स्वेचगंगा हाइड्रोको मूल्य सबैभन्दा धेरै ४.१६ प्रतिशतले घटेको छ ।
बजारमा आज ङादी पावर कम्पनीको १९ करोड र लुम्बिनी विकास बैंकको १० करोड रुपैयाँको कारोबार बाहेक अन्य कम्पनीको उल्लेख्य कारोबार भएको छैन ।