ट्रेंडिंग:

>> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन

सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर

१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

काठमान्डौ, १ पुष ।

जेनजी आन्दोलनकी अगुवा तनुजा पाण्डेले आफूलाई जेनजीको प्रतिनिधि दाबी गर्ने सुदन गुरुङलाई आन्दोलनको नाम दुरुपयोग नगर्न कडा चेतावनी दिएकी छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै पाण्डेले नेपाल कसैको ‘प्रयोगशाला’ नभएको स्पष्ट गर्दै गैरजिम्मेवार अभिव्यक्ति र गतिविधि बन्द गर्न आग्रह गरेकी हुन् ।

पाण्डेले सामाजिक सञ्जालमा लेखेकी छन्, “राजनीतिमा राजनीतिक चेतना किन आवश्यक हुन्छ भन्ने कुरा ‘जेठो छोरो’लाई हेरेर नै आँकलन गर्न सकिन्छ । अत्यधिक पुलपुलिएको व्यवहारले आन्दोलनलाई नै कमजोर बनाउँछ ।” उनले माग पूरा नभए जेनजी आन्दोलन ‘फेल’ हुन्छ भन्ने कथ्य जबरजस्ती थोपरिनु गलत भएको उल्लेख गर्दै यस्तो प्रदर्शनमुखी रवैया लज्जास्पद भएको टिप्पणी गरेकी छन् । निष्पक्षताको अपेक्षा गर्नेले सर्वप्रथम आफैँबाट त्यो संस्कार सुरु गर्नुपर्ने उनको भनाइ छ ।

सुदन गुरुङलाई प्रधानमन्त्री सुशीला कार्कीको ‘जेठो छोरो’को संज्ञा दिँदै पाण्डेले उनले समय–समयमा विरोधाभासपूर्ण अभिव्यक्ति दिँदै आएको आरोप लगाएकी छन् । “कहिले नेताहरूलाई निर्वाचनमा आउन नदिने घोषणा गर्ने, कहिले राजनीतिक दल नै आवश्यक छैन भन्ने, अनि फेरि बहुदलीय लोकतन्त्रको वकालत गर्ने तर तिनै दलहरूलाई बेवास्ता गर्दै एकपक्षीय सम्झौता गर्ने—यस्ता विरोधाभास राजनीति होइन, असंगत नाटक हुन्,” पाण्डेले लेखेकी छन् ।

उनले अरूको आलोचना गर्नुभन्दा पहिले आफ्नै व्यवहारमाथि आत्म-विश्लेषण गर्न गुरुङलाई सुझाव दिएकी छन् । पछिल्ला तीन महिनामा उनका अस्थिर र असंगत कदमले देश र आन्दोलनलाई क्षति पुर्‍याएको दाबी गर्दै पाण्डेले संसद् भत्काउने र पुनःस्थापना गर्ने, कहिले चुनाव गर्ने त कहिले नगर्ने जस्ता मनपरी निर्णय अस्वीकार्य भएको उल्लेख गरेकी छन् ।

“खबरदार, नेपाल कसैको प्रयोगशाला होइन,” भन्दै उनले व्यक्तिगत एजेन्डा अघि सार्न सहिद र जेनजी आन्दोलनको नाम बेच्ने काम तत्काल बन्द गर्न आग्रह गरेकी छन् । ७० प्रतिशत सिट माग्ने व्यक्तिले त्यसको गम्भीरता बुझ्नुपर्ने उल्लेख गर्दै नैतिक, व्यवहारिक र निरन्तरशील हुनुपर्नेमा पनि उनले जोड दिएकी छन् । अरूमा क्षमता खोजिरहँदा आफ्नै क्षमता नहेर्नु पाखण्ड भएको र यसले राजनीतिक नैतिकतामाथि प्रश्न उठाउने उनको टिप्पणी छ ।

पाण्डेले अन्त्यमा गुरुङलाई केही समय विश्राम लिन सुझाव दिँदै आफ्नो दक्षताको क्षेत्रमा केन्द्रित हुन आग्रह गरेकी छन् । गम्भीर राजनीतिक विषयमा जिम्मेवारीबिनाका टिप्पणीहरू देशको शान्ति र स्थायित्वका लागि चिन्ताजनक बन्दै गएको उनको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?