© 2026
काठमाडौँ ।
हिजो सोमबार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले घटेर तोलाको २ लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको मूल्य तोलाको २ लाख ६० हजार ६ सय रुपैयाँ रहेको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर ३ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
हिजो चाँदीको मूल्य तोलाको ३ हजार ८ सय ७० रुपैयाँ थियो ।