ट्रेंडिंग:

>> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु
दुई वर्षपछि सङ्कलन भएको विवरणमा 

भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति 

१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

सल्यान, ०१ पुस ।

सल्यानमा चार हजार बढी भूकम्प पीडित मध्ये १ हजार २ सय ११ घरको विस्तृत क्षति आङ्कलन भएको छ ।

भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि अस्थायी टहरामै बस्न बाध्य सल्यानका भूकम्प पीडितहरूको बल्ल क्षति आङ्कलन सुरु भएको हो । जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार आइतबारसम्म एक हजार २११ निजी आवासको विस्तृत क्षति आङ्कलन गरिएको हो ।

२०८० कार्तिक १७ गतेको जाजरकोट भूकम्पबाट सल्यान दार्मामा चार हजार ८१, कुमाखमा १२९, त्रिवेणी गाउँपालिकामा १२ र बागचौर नगरपालिकामा १५२ भौतिक संरचना क्षति भएको थियो ।

आइतबारसम्म दार्मामा एक हजार ८४, कुमाखमा ६६, बागचौरमा ५८ र कुमाखमा ३ घरको क्षति आङ्कलन सम्पन्न भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको हो ।

जाजरकोट र रुकुमलाई मात्र भूकम्प प्रभावितको मुख्य प्राथमिकतामा सरकारले पारेको र सल्यानलाई चासो नदिएको कारण विस्तृत क्षति आङ्कलन तथा विवरण सङ्कलनमा ढिलाइ भएको स्थानीय तहहरू बताउँछन् ।

भूकम्पपछिको पुनर्निर्माणका लागि प्राधिकरण पोर्टलमा प्रविष्टि भएका आफ्नो गाउँपालिकाका चार हजार ८१ घरकै क्षति आङ्कलनको लागि प्राविधिक टोली पीडितहरूको घरघरमा पुगिरहेको भन्दै दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले सही सूचना दिएर सहयोग गर्न अनुरोध गरेका छन् ।

दार्मामा १२ जना प्राविधिक कर्मचारीहरू विवरण सङ्कलनका लागि खटिएका छन् ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पालिकाका प्राविधिकलाई तालिम दिएको छ । तिनै प्राविधिक टोली क्षति सङ्कलनमा खटिएका छन् ।

स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालय सल्यानको निरन्तरको प्रयासपछि सल्यानमा दुई वर्षपछि काम सुरु भएको हो । चिसो, गर्मी, अन्य त्रासका साथ अस्थायी टहरामा दिन कटाइरहेका भूकम्प पीडितहरूमा बल्ल अब नयाँ घर बन्छ कि भन्ने आशा पलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?