© २०२३
काठमाडौं ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको उम्मेदवार सूचीमा पूर्वमन्त्री विद्या भट्टराई समेटिएकी छैनन् ।
अध्यक्ष ओलीले उम्मेदवारको सूची तयार पारेर त्यसअनुसार नेताहरूलाई उम्मेदवारी दर्ता गराउन निर्देशन दिएका छन्, तर सो सूचीमा भट्टराईको नाम राखिएको छैन ।
भट्टराई एमालेको दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् । यस पटक भने अध्यक्ष ओलीले उनलाई उम्मेदवार सूचीमा समावेश नगरेको हो । ओली प्रधानमन्त्री हुँदा भट्टराई शिक्षामन्त्री थिइन् ।
शिक्षक आन्दोलनको विषयमा ओलीसँग विमती भएपछि उनले शिक्षामन्त्री पदबाट राजीनामा दिइन् ।