© २०२३
काठमान्डौ, २९ मंसिर ।
काठमाडौँमा जारी नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भई भृकुटीमण्डपमा सम्पन्न बन्दसत्रपछि महाधिवेशन औपचारिक रूपमा निर्वाचन प्रक्रियामा प्रवेश गरेको हो ।
महाधिवेशनको निर्वाचनका लागि उम्मेदवारहरूलाई मनोनयन फाराम वितरण सुरु भइसकेको छ । आज दिउँसो १ः३० बजेसम्म उम्मेदवारहरूको दर्खास्त फाराम दर्ता गर्ने कार्यतालिका तय गरिएको छ ।
दर्ता भएका उम्मेदवारहरूको प्रारम्भिक नामावली आज दिउँसो २ः३० बजे सार्वजनिक गरिनेछ । त्यसपछि प्रारम्भिक नामावलीमाथि उजुरी दिने समय दिउँसो २ः३० बजेदेखि ३ बजेसम्म तोकिएको छ ।
उजुरीमाथि आवश्यक जाँचबुझ तथा प्रक्रिया पूरा गरेपछि आज साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।
अन्तिम नामावली सार्वजनिक भएपछि पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म नयाँ कार्यसमिति चयनका लागि मतदान गर्ने कार्यतालिका बनाइएको छ ।