© २०२३
काठमान्डौ, २९ मंसिर ।
नेकपा एमालेको जारी महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । नेतृत्व चयनका विषयमा सहमतिको प्रयास सफल हुन नसकेपछि महाधिवेशन निर्वाचन प्रक्रियातर्फ अघि बढेको हो ।
सोमबार बिहान मनोनयन दर्ताका लागि फाराम वितरण सुरु भएसँगै नेतृत्वका आकाङ्क्षीहरूको उल्लेखनीय भीड देखिएको छ ।
महाधिवेशन प्रचार कमिटीका सदस्य चेतन अधिकारीका अनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटी ९पदाधिकारीसहित० चयनका लागि १ हजार ४ सयभन्दा बढी मनोनयन फाराम वितरण भइसकेका छन् । उम्मेदवारी फाराम वितरण तथा दर्ताका लागि आज दिउँसो १ः३० बजेसम्मको समय निर्धारण गरिएको छ ।
महाधिवेशन स्थल भृकुटीमण्डपमा कार्यकर्ता तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको छ भने निर्वाचन आयोगले निर्वाचन प्रक्रिया निष्पक्ष र सुव्यवस्थित रूपमा सम्पन्न गर्न तयारीलाई तीव्र बनाएको जनाएको छ ।