ट्रेंडिंग:

>> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा 

सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल

२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

काठमान्डौ, २९ मंसिर ।

गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको प्रमुख कार्यभार नै निर्वाचन सम्पन्न गर्नु रहेको स्पष्ट पार्दै निर्वाचनबाट भाग्ने वा चुनाव हुँदैन भन्ने अफवाह फैलाउनु न्यायोचित नभएको बताएका छन् ।

सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले यो सरकार निर्वाचनबाट निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने उद्देश्यसहित गठन भएकाले तोकिएकै मितिमा निर्वाचन गराउन दृढ रहेको बताए ।

उनले लोकतन्त्रको अभिन्न अङ्गका रूपमा विधिको शासन र स्वतन्त्र, निष्पक्ष तथा धाँधलीरहित निर्वाचनलाई उल्लेख गर्दै निर्वाचनप्रति अनावश्यक आशङ्का फैलाउने र सुशासनलाई कमजोर बनाउने गतिविधि स्वीकार्य नहुने धारणा राखे ।

‘लोकतन्त्रको आधार विधिको शासन र निष्पक्ष निर्वाचन हो,’ उनले भने, ‘निर्वाचन हुँदैन भनेर अफवाह फैलाउने वा निर्वाचनबाट भाग्ने प्रयास गर्नु उचित हुँदैन । सरकार निर्वाचन गराउन दृढताका साथ अघि बढेको छ ।’

गृहमन्त्री अर्यालले लुटिएका हतियार र फरार कैदीबन्दीलाई वर्तमान प्रमुख सुरक्षा चुनौतीका रूपमा पहिचान गरिएको उल्लेख गर्दै त्यसको समाधानका लागि सरकार जिम्मेवार ढङ्गले क्रियाशील रहेको बताए ।

‘लुटिएका हतियार र फरार कैदीबन्दी सुरक्षा चुनौतीका रूपमा रहेका छन्,’ उनले भने, ‘यस विषयमा सरकार वार्ता, संवाद र छलफलका लागि खुला छ । लुटिएका हतियार बरामद गर्न गृह मन्त्रालयले विशेष अपरेसन सञ्चालन गरिरहेको छ ।’

उनका अनुसार फरार कैदीबन्दीमध्ये करिब ७० प्रतिशत फिर्ता भइसकेका छन् भने बाँकी पनि क्रमशः फिर्ता हुने प्रक्रियामा छन् ।

गृहमन्त्री अर्यालले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार दृढ रहेको दोहोर्‍याउँदै निर्वाचन निर्धारित मितिमै हुने स्पष्ट पारे ।

‘निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध छ,’ उनले भने, ‘स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन आवश्यक कार्यविधि तयार भइसकेको छ र कार्यान्वयनमा ल्याइएको छ ।’

प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्देश्य शान्ति–सुरक्षाका चुनौतीको विश्लेषण, आवश्यक तयारी तथा निर्वाचनको तयारीका विषयमा खुला छलफल गरी निष्कर्षमा पुग्नु रहेको उल्लेख गर्दै उनले निर्वाचन सफल बनाउन प्रदेश सरकारको समेत महत्वपूर्ण भूमिका रहने भएकाले आवश्यक सहयोग गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?