© २०२३
बाँके, २९ मङ्सिर ।
नेपालगन्ज उपमहानगरपालिकाले अवैध रूपमा सञ्चालन भएका अटोलाई नियन्त्रणमा लिन सुरु गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय बाँकेको संयुक्त आयोजनामा नेपालगन्ज बजारको गणेशमान चोक देखि अटो रिक्सा नियन्त्रणमा लिन सुरु गरेको हो ।
यातायात व्यवस्था कार्यालयमा दर्ता नभएका र नेपालगन्ज उपमहानगरपालिकामा सूचीकृत नभएका अटोहरूलाई नियन्त्रणमा लिन सुरु गरेको नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्टले बताए ।
नेपालगन्ज बजार क्षेत्रमा आवश्यकता भन्दा धेरै अटो भएको र जथाभाबी सञ्चालन हुँदै आएकोले नियन्त्रणमा लिन सुरु गरेको मेयर विष्टले बताए । बजार भरी अवैध रूपमा सञ्चालन भएकोले बजार क्षेत्रमा दुर्घटना बढ्दै गएको कारणले अटोलाई नियन्त्रित गर्ने प्रयास गरेको उनको भनाई छ ।
पालिका भित्र अटो चलाउने तर अन्य ठाउँहरूमा दर्ता भएका र कागजात साथमा नलिएको अटोलाई नियन्त्रणमा लिएको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले बताए ।
उनले भने, अटो चालकहरूलाई १५ दिन पहिला सूचना दिएकै हो तर कागजात नबोकी मनोमानी तरिकामा सञ्चालन गरेको सबै अटोलाई नियन्त्रणमा लिएको बताए ।
नगर मात्र नभएर धेरै जसो ठाउँहरूमा अटोकै कारणले दुर्घटना हुँदै आएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक कनक बहादुर शाहीले बताए ।
यो अटो चालकलाई सूचना जस्तै हो जसले कागजात बोके छैन उसले आफ्नो कागजात ल्याए अटो लैजान सक्ने बताए । नगरमा मात्र हजार भन्दा बढी अटो सञ्चालन छ जुन आवश्यक भन्द बढी भएको बताए ।
नेपालगन्ज बजारलाई हेर्ने हो भने सच्चीकै अटो कै आतंक छ तर नेपालगन्ज उपमहानगरपालिकाले पटक पटक नियन्त्रण गर्न खोज्दा समेत नियन्त्रण हुन सकेको अवस्था छ । नेपालगन्ज उपमहानगरपालिकाको भने यो पहिलो प्रयास होइन ।