Butwal Today

ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय

२९ मंसिर २०८२, सोमबार
अ+
अ-

 काठमाडौं, २९ मंसिर ।

एमाले महाधिवेशनमा केपी शर्मा ओली समूहबाट पदाधिकारीका लागि प्रस्तावित नाममध्ये लेखराज भट्ट र भानुभक्त ढकालको नाममा फेरबदल भएको छ ।

लेखराज भट्टलाई सचिव पदमा दोहोर्‍याउन नमानेपछि ओली समूहले यसअघि सचिवका रूपमा प्रस्तावित भानुभक्त ढकाललाई सचिवबाट हटाएर भट्टलाई उपमहासचिव बनाउने तयारी गरेको हो ।

भट्टले अब उपमहासचिव पदका लागि उम्मेदवारी दिने भएको जानकारी दिएका छन् । उनले -‘म अब उपमहासचिव पदको उम्मेदवारी दिन्छु ।’

माओवादी धारबाट आएका भट्ट १०औँ महाधिवेशनमा सचिव निर्वाचित भएका थिए । तर यसपटक पदाधिकारीमै नरहेका भानुभक्त ढकाललाई ओली समूहले सचिवका रूपमा अघि सारेपछि असन्तुष्टि बढेको थियो ।